Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News
Showing posts with label transfer. Show all posts
Showing posts with label transfer. Show all posts

Friday, July 10, 2015

आस्कल लगायत तीन वटा क्याम्पस किर्तिपुर सारिने।

त्रिभुवन विश्वविद्यालयले राजधानीको व्यस्त ठाउँमा रहेका तीनवटा आंगिक क्याम्पसलाई विश्वविद्यालय हाता कीर्तिपुरमा सार्ने भएको छ । वैशाख १२ गते भएको भूकम्पले पूर्णरुपमा क्षति भएका लैनचौरको अस्कल, भोटाहिटीको ललितकला र जमलको जनप्रशासन क्याम्पस सार्न लागिएको हो ।
त्रिवि सामान्य प्रशासन महाशाखा प्रमुख भोलाप्रसाद ढकालका अनुसार यी क्याम्पस भएका स्थानमा व्यापारिक कम्प्लेक्स बनाइनेछ । भूकम्पले मूल सडकसँगै रहेको अस्कल क्याम्पसको भवनहरु जीर्ण बनेका छन् । भूकम्पीय दृष्टिले पुन:निर्माण गर्न ठाउँ साँघुरो र सहरको प्रमुख भागमा रहेकाले अन्यत्र सार्न लागिएको पनि ढकालले बताए ।
ललितकला क्याम्पसको भवन पूर्णरुप काम नलाग्ने भएपछि स्नातक तहका विद्यार्थीलाई तत्कालका निम्ति कीर्तिपुरस्थित त्रिवि केन्द्रीय कार्यालय हाताको टहरामा सारिएको छ । त्यसैगरी जनप्रशासन क्याम्पस बल्खुमा सारिएको छ । ‘इतिहास बोकेको अस्कल क्याम्पसलाई पनि सार्ने तयारीमा छौं,’ प्रमुख ढकालले भने, ‘त्यसनिम्ति कीर्तिपुर परिसरमै उपयुक्त हुने ठम्याइ छ ।’
दरबारमार्ग र रानीपोखरी पूर्वतर्फ घण्टाघरसँगै रहेको त्रि चन्द्र कलेजको भवनसमेत पूर्णरुपमा चर्किको छ । ‘पुरातात्विक महत्वका दृष्टिकोणले त्रिचन्द्र कलेजलाई तत्काल भत्काउन र सार्नका निम्ति सरकारको अनुमति चाहिने भएकाले त्यसै ठाउँमा उस्तै भवन बनाउने भनेका छौं,’ ढकालले भने । त्रिविको देशभरिमा ६० आंगिक क्याम्पसमध्ये दुई दर्जनजति राजधानीभित्र छन् । भूकम्पले त्रिवि केन्द्रीय कार्यालयलगायतका निकायहरुको पुन:निर्माणका निम्ति ८ अर्ब ४४ करोड रुपैयाँ लागत इस्टिमेट गरिएको जनाइएको छ ।