इटहराबासीले आज बिहानैदेखी उर्लाबारी – बरडंगा सडक खण्ड बन्द गराए
by बिराट नगर न्युज
मोरङ, ९ साउन ।
बिभिन्न माग राख्दै मोरङको इटहराबासीले आज बिहानैदेखी उर्लाबारी – बरडंगा सडक खण्ड बन्द गराएका छन् ।
भाडादर घटाउनुपर्ने, इटहराबाट उर्लाबारीसम्म ट्याक्सी सञ्चालन गर्न पाउनुपर्ने, सिण्डिकेटको खारेजी, यात्रुमाथि दुव्र्यवहार गर्नेलाई कारबाही हुनुपर्ने लगायका माग राख्दै स्थायीबासीले बिहानैदेखी सो सडक खण्डको इटहरा बजारमा यातयात बन्द गराएका हु्न् । यसअघि बिहिबार इटहरी प्रहरी चौकीमा यातयात संघ र स्थायनीबासी बीच बार्ता भएपनि सहमतिमा पुग्न नसकेपछी आजदेखी यातयात बन्द गराएको इटहरा एकता क्लबका अधयक्ष डम्बर तामाङले जानकारी दिनुभयो । यातयात बन्दका कारण सो क्षेत्रका सयौ यात्रु अपपत्र परेका छन् ।
Saturday, July 25, 2015
इटहराबासीले आज बिहानैदेखी उर्लाबारी – बरडंगा सडक खण्ड बन्द गराए
1:52 AM
No comments
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment