By: बी एन एन| असार २६|गृहमन्त्रालयमा खरिदार पदमा जागिर लगाइदिने भनी ठगी गर्ने काठमाडौँ गोलढुङ्गाका राजकुमार चापागार्इं प्रहरीको फन्दामा परेका छन् । बालुवाटार बस्ने निलिमा महर्जन र आकृति डङ्गोललाई गृहमन्त्रालयको खरिदार पदमा स्थायी नियुक्ति दिलाइदिन्छु भनी रु चार लाख लिई ठगी गर्ने चापागार्इंलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
चापागाईं यसअघि पनि विभिन्न व्यक्तिलाई जागिर लगाइदिन्छु भन्दै ठगी गरेकामा महाशाखाबाट गत वर्ष चैत ९ गते पक्राउमा परी पछि धरौटीमा रिहा भएका थिए ।
जागिर दिने विश्वास दिलाउन सिंहदरबारभित्र अर्थमन्त्रालयको क्यान्टिन, लोकसेवा आयोगको भवन र गृहमन्त्रालयसम्म पीडितलाई पुर्याई कर्मचारीको नक्कली सञ्चयकोष परिचयपत्रसमेत बनाई विश्वासमा पारी खरिदारमा नियुक्ति दिने प्रलोभन दिएको अनुसन्धानका क्रममा खुल्न आएको छ ।
चापागार्इंले स्वास्थ्य मन्त्रालयको रिसेप्सनिस्ट बनाइदिने भनी काठमाडौँकी सृष्टि रञ्जितबाट रु २५ हजार, मकवानपुर, हेटौँडा बस्ने सुदिप पाण्डेबाट रु एक लाख ७१ हजारसमेत लिएको खुल्न आएको र ऊ विरुद्धको ठगी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ । रासस
Saturday, July 11, 2015
'गृहमन्त्रालयमा जागिर लगाइदिने’ भनी ठगी गर्ने पक्राउ
5:56 AM
No comments
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment