एमाले दबाबमा अर्थमन्त्रीले बजेट बक्तव्य संशोधन गरे
'मदन भण्डारी राष्ट्रिय नेता हो, होच्याएको छैन'
By:बी एन एन|असार ३१| सत्तारुढ एमाले नै बजेटविरुद्ध मतदान गर्ने निष्कर्षमा पुगेपछि अर्थमन्त्री रामशरण महतले बजेट बक्तव्य संशोधन गरेका छन् ।
संसदको बिहीबारको बैठकमा अर्थमन्त्री महतले बजेट संशोधन गरिएको जानकारी गराएका थिए । अर्थमन्त्रीका अनुसार मदन भण्डारीको नाममा झापाको लखनपुरमा रंगशाला निर्माण गरिनेछ । 'मदन भण्डारी राष्ट्रिय नेता हुनुहुन्छ,' उनले एमालेको खिन्नता सम्बोधन गर्दै भने, 'उहाँलाई होच्याउने नियत थिएन ।'
दुई दिनअघिको बजेट भाषणमा एमाले पूर्वमहासचिव भण्डारीसँगै बागलुङका सभासद् हरि खड्काको नाममा अलग अलग ट्रमा सेन्टर बनाउने उल्लेख थियो ।
अर्थमन्त्रीले ग्रामीण स्वालम्बन कार्यक्रमसँगै एमालेको ०५१ सालको सरकारले ल्याएको नारा 'आफ्नै गाउँ आफैं बनाऊँ' थप्ने जानकारी गराए ।
अर्थमन्त्री महतले बजेट आफू एक्लैले नभई सल्लाहमै ल्याएको जानकारी दिए ।
0 comments:
Post a Comment