वायु सेवा निगममा धमाधम आफन्तलाई जागिर
By : BNN |काठमाडौं,साउन 5
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगममा फेरि राजनीतिक दबाबमा कर्मचारी नियुक्ती सुरु भएको छ ।
निगम व्यवस्थापनले बिना प्रतिष्प्रर्धा राजनीतिक दबाब र आफन्तलाई धमाधम जागिर भर्ती गरिरहेको खुलासा भएको छ ।
निगममा दक्ष जनशक्ति अभाव रहेपनि अहिले तल्ला तहमा कर्मचारी भर्ना गरिएको छ ।
निगम स्रोतका अनुसार हाल विभागिय मन्त्रालय तथा राजनीतिक नेतृत्वको दबाबमा ग्राउन्ड सर्पोट विभागमा २१ जना, कस्टमर विभागमा १३ जना, कर्मसियल विभागमा ३ र फाइनान्स विभागमा ५ जना नियुक्त गरिएको छ । कारोबार दैनिकमा समाचार छ ।
0 comments:
Post a Comment