Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Thursday, July 23, 2015

मालबाहक ट्याक्टर पल्टिदा एकको मृत्यु, दुई घाईते

मालबाहक ट्याक्टर पल्टिदा एकको मृत्यु, दुई घाईते
by बिराट नगर News
उदयपुर, श्रावण ८ गते।

उदयपुरको लेखगाउँमा बिहिवार साझ मालबाहक ट्याक्टर पल्टिदा सहचालकको मृत्यु भएको छ भने ट्याक्टर चालक सहित अन्य एक घाईते भएका छन्।

अपरान्ह करिब साढे ५ बजे खाध्यान्न बोकेर कटारी बाट जाँतेतर्फ जाँदै गरेको ना. ५ त ३५७८ नम्बरको ट्याक्टर लेख गाउँ ६ स्थित धारापानीमा अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल खसी दुर्घटना भएको छ। दुर्घटनामा ट्याक्टरका सहचालक उदयपुर लेखगाउँ ३ का २६ बर्षिय झलनाथ श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ भने ट्याक्टर चालक उदयपुर त्रियुगा नगरपालीका ३ का चन्द्र नारायण चौधरी र सो ट्याक्टरको साहु लेखगाउँ ३ का ३६ बर्षिय काशिराम श्रेष्ठ सामान्य घाईते भएका छन्। उनीहरुको स्थानिय हेल्थ पोष्टमा उपचार भईरहेको छ।

0 comments:

Post a Comment