Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Sunday, July 12, 2015

नीखिल को फिल्म को ट्रेलर नै चोरेको!!

नीखिल को फिल्म को ट्रेलर नै चोरेको!!
by:बी एन एन|असार २६|पाँच वर्षको मुम्बई बसाइपछि निखिल उप्रेती निर्देशक बनेर फर्किए । एक्सन हिरोको पहिचान बनाएका निखिलले फिल्म पनि एक्सन प्रधान नै बनाए, भैरव । मुम्बईमा फिल्म मेकिङसम्बन्धी ज्ञान हासिल गरेकाले भैरव उत्कृष्ट हुने आशा राखिएको थियो । तर, ट्रेलर रिलिज भएपछि यो आशामाथि तुषारापात भयो । किनभने, ट्रेलरमा प्रयुक्त मुख्य संवाद नै यही वर्ष रिलिज भएको दक्षिण भारतीय फिल्म टेम्परबाट चोरिएको छ । ‘फुल्ली भायलेन्ट, क्रिमिनल माइन्डेड र हन्ड्रेड पर्सेन्ट मेन्टल’जस्ता संवाद फिल्म टेम्परबाट हुबहु उतारिएको हो । संवाद भन्ने शैली पनि टेम्परकै हिरो रामा राव जुनियरकै जस्तो छ । ट्रेलर नै चोरिएपछि फिल्मको हालत के होला ? ११ भदौमा थाहा पाइनेछ । फिल्म कता कता कहानी र action साउथ तथा बोलिहुड फिल्म "सिङ्हम" सङ मेल खन जान्छ। एक फिल्मकर्मी व्यंग्य गर्दै थिए, “मुम्बई बसाइबाट निखिलले कम्तीमा चोर्न सिकेछन् । उनका लागि यही ठूलो उपलब्धि हो ।”

0 comments:

Post a Comment