विराटनगर दुई सञ्चारकर्मी सम्मानित
by बी एन एन|विराटनगर २७ असार । विराटनगरलाई कार्यक्षेत्र बनाएर पत्रकारीता गर्दै आएका दुई सञ्चारकर्मी सम्मानित भएका छन् । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले आज एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । प्रत्येक बर्ष प्रदान गर्दै आएको मेम्वर चन्द्रलाल दुर्गादेवी दाहाल सञ्चार श्रमजिवि पुरस्कार २०७२ ले दुई सञ्चारकर्मीलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा मकालु टेलिभिजनमा कार्यरत शुशिला पाठकलाई नगद १० हजार एक रुपैयाले कदर पत्र सहित सम्मान गरेको थियो । त्यसै गरी उज्यालो पत्रका कुमार लुईटेललाई २१ हजार एक रुपैयाले कदर पत्र सहित सम्मान गरेको छ । सम्मानित दुवैलाई कार्यक्रमका प्रमुख अतिथी मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले प्रदान गर्नुभएको थियो । कार्यक्रममा सभासद पवन कुमार साराडा , नेपाल पत्रकार महासघ मोरङका अध्यक्ष महेन्द्र विष्ट , पुर्व अध्यक्ष शिव बहादुर कार्की , सञ्चार सहकारी सस्थाका अध्यक्ष मोहन भण्डारी लगायत बालेका थिए ।
Sunday, July 12, 2015
विराटनगर दुई सञ्चारकर्मी सम्मानित
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment