Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, July 13, 2015

प्रधानमन्त्रीसहित शीर्ष नेता हरु झापा आउदै।

By:बी एन एन|असार २७| प्रधानमन्त्री सुशील कोइरालासहित शीर्ष चार नेता आज झापा आउने भएका छन् । भद्रपुर नगरपालिका वडा नम्बर १० मा बन्ने गिरिजाप्रसाद स्मृति सभा गृहको शिलान्यासको लागि नेताहरु आउन लागेका हुन् । उनीहरु ११ बजे भद्रपुर बिमानस्थलमा ओर्लने प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिए ।
प्रधानमन्त्रीसँगै एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार झापा आउदैछन् । चारै शीर्ष नेताले संयुक्त रुपमा सभागृहको शिलान्यास गर्ने कार्यक्रम छ ।
जिल्ला विकास समितिले तीन करोडको लागतमा भद्रपुर १० मा सभागृह बनाउन लागेको हो । सभा गृह तीन बर्षभित्र बनाइसक्ने लक्ष्य छ । सभागृहले तीन विगाहा क्षेत्रफल ओगट्ने छ ।

0 comments:

Post a Comment