दीर्घायु अस्पतालले गलत औषधि खुवाएर मान्छे मारेर लास लुकायो (फोटोसहित)
by: बी एन एन|अभिषेक भट्टराई
काठमाण्डु, १० असार– हाडजोर्नी सम्बन्धि रोगको बिरामीलाई गलत औषधी खुवाएपछि विधुत प्राधिकरणको हेड अफिसमामा कार्यरत कर्मचारीको आइतबार मृत्यु भएको छ । घुडा सम्बन्धि अपचारका लागि बिहान ७ बजे चावहीलको दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. मा आफै हिडेर गएका ४६ वर्षिय मदन बहादुर खत्रीलाई अनावश्यक औषधि खुवाइएको आफन्तले आरोप लगाएका छन् ।
काठमाण्डुको सुकेधारा घर भई उपचारका लागि दीर्घायु अस्पताल पुगेका खत्रीलाई अस्पतालका जुनियर डाक्टरले जाँच गरे । जाँच पछि उनीहरुले आफ्ना सिनियर डा. गोपाल रमण शर्मालाई फोन गरी औषधिबारे सोधे । शर्माले फोनबाटै औषधि विवरण दिए । बिहान खत्रीसँगै गएका आफन्तले दिउँसोसम्म अस्पतालमै बस्नु परेपछि जुनियरहरुलाई सक्नुहुन्न भने अन्यन्त्र लान्छौँ भन्दै आग्रह गरिरहेका थिए । तर, उनीहरुले तपाई डाक्टर कि हामी डाक्टर भन्दै खत्रीलाई केही नहुने बताए । आफन्तका अनुसार डा. शर्माले फोनमा भनेका आधारमा एउटा ट्ब्लेटको १५०० पर्ने ४ वटा टब्लेट एकैपटक चपाएर खुवाइयो । औषधि खानुअघि खत्री रामेसँग बोलिरहेका थिए । उनी पहिलेदेखि कुनै पनि रोगको सिकार थिएनन् ।
तर, औषभि खुवाएको १५ मिनेटपछि उनको आँखा बन्द भयो । उनी यस संसारबाट बिदा भए । मृतक खत्रीका भान्जा पे्रम कार्कीका अनुसार सामान्य रोगि आफ्ना मामालाई जे पायो त्यही औषधि खुवाएका कारण उनको मृत्यु हुन पुग्यो । डाक्टरसँग पटकपटक आग्रह गर्दा पनि वेवास्ता गर्दै बिहान ७ बजे जाँचका लागि गएका खत्रीलाई दिउँसो १ बजेसम्म राखियो । काठमाण्डु टुडेसँग कुरा गर्दै कार्की भन्छन्, ‘हामीले पटकपटक सक्नुहुन्न भने अन्यन्त्र लान्छौँ, के भएको हो ?, चारवटा औषधि एकैपटक खुवाउनै पर्ने हो र ? जस्ता प्रश्नहरु गरेका थियौँ तर, उनीहरुले उल्टै हामीलाई हपार्दै हामी डाक्टर हौँ तपाईहरु चुप लाग्नुस् भने ।’
सिनियर डा. शर्माको निर्देशनमा औषधि खुवाइयो र १५ मिनेट पछि १ः३० मा खत्रीको निधन भयो । घटनापछि आफन्तले बिरोध जनाए । तर, अस्पतालले उनलाई खुवाइएको औषधिको नाम लेखिएको बिल लुकायो । कार्कीले बताएअनुसार अस्पतालले गल्ती गरेका कारण आफ्नो गल्ती ढाकछोप गर्न खोज्दै छ । हाल मृतक खत्रीलाई आइसीयुमा राखिएको छ । उनलाई आफन्तसँग समेत भेट्न दिइएको छैन । आफन्तले आइतबार साँझसम्म अस्पतालमा नाराबाजी गर्दै घटनाको उचित छानबिन गरी दोषिलाई कारवाही गर्नुपर्ने माग गरेका छन् । कार्की भन्छन्, ‘डाक्टरले लापरबाही गरे । एकछिन अगाडिसम्म हाँसखेल गरिरहेको मान्छेलाई एकैपटक चारवटा गलत औषधि खुवाएर मारे । उनीहरुको लाइसेन्स खारेज र कडा कारवाही हुनुपर्छ । यसरी हामी जस्तो अन्य कोही पीडित हुनु हुँदैन । यसको निष्पक्ष छानविनको माग गर्दछौँ ।’
घटनापछि अस्पतासँग पत्रकार सम्पर्कमा आउन खोज्दा अस्पताल सम्पर्कमा आउन चाहेन उल्टै अस्पतालले मेन गेटमै प्रहरी तैनाथ गरेर अस्पतालको प्रशासनमा छिर्न दिएन ।
-
0 comments:
Post a Comment