Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Sunday, July 26, 2015

म्बुलेन्सको ठक्करबाट मोटरसाईकलमा सवार दुई घाईते

म्बुलेन्सको ठक्करबाट मोटरसाईकलमा सवार दुई घाईते
by बिराट नगर न्युज
सुनसरी, साउन १० गते।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत ईनरुवा ६ मा आज दिउँसो एम्बुलेन्सको ठक्करबाट मोटरसाईल चालक सहित दुई जना घाईते भएका छन्।
घाईते हुनेमा मोटरसाईकल चालक भोक्राहा १ का ३० बर्षिय राम देव मेहता र सो मोटरसाईकलमा पछाडि सवार सोहि स्थानका २५ बर्षिय धिरेन मेहता रहेका छन्। उनीहरुलाई उपचारार्थ जिल्ला अस्पताल सुनसरी लगिएकोमा थप उपचारका लागी बिराटनगरतर्फ लागिएको छ। दिउँसो करिब साढे २ बजे पश्चिमतर्फ गईरहको स. १ च ६९१ नम्बरको एम्बुलेन्सले को. ९ प ४५८१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो। दुर्घटनामा संलग्न एम्बुलेन्स र चालक तथा मोटरसाईकल जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ।

0 comments:

Post a Comment