मन्त्री मिनेन्द्र रिजाल भन्छ्न "म सँग कुनै डिभी पिआर छैन’
By:बी एन एन |२०७२ असार ३१ बिहीवार| काठमाडौं : सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले आफूसँग कुनै पनि देशको डिभी पिआर नएको स्पष्टिकरण दिएका छन् ।
बजेटमाथि छलफल गर्न बिहीबार बसेको व्यवस्थापिका संसद्को बैठकमा समय लिएर बोल्दै मन्त्री रिजालले आफू नेपालकै स्थायी बासिन्दा र यहीँको नागरिक भएको जिकिर गरे ।
‘म सँग कुनै डिभी पिआर छैन । म माथि लगाइएका आरोप झुटा हुन्’, उनले भने, ‘म नेपालको नागरिक हुँ ।’ (तीस दिनभित्र ग्रिनकार्ड तथा पिआर नछोडे सरकारले आफैँ हटाउने)
अध्ययनका लागि आफू नौ वर्ष अमेरिका बसेको बताउँदै मन्त्री रिजालले त्यहाँ बस्दा आफूले कुनै डिभी पिआर नलिएको जिकिर गरेँ ।
‘मैले अमेरिकामा पढ्ने क्रममा सबै विषयमा पूर्णांक प्राप्त गरेको थिएँ’, उनले भने, ‘नौ वर्ष लामो अध्ययन पुरा गरेर नेपाल फर्किएको हुँ र म नेपाली नागरिक नै हुँ ।’
सामान्य प्रशासन मन्त्री लालबाबू पण्डितको लामो संघर्षपछि संसद्ले डिभी, ग्रिनकार्ड तथा पिआर लिएका कर्मचारमाथि अनुसन्धान तथा कारबाही गर्न संसद्ले पारित गरेको विधेयक (निजामती चौथो संशोधन ऐन २०७२ ) मा राष्ट्रपति कार्यलयबाट प्रमाणीकरण गरेको थियो । (पीआर लिने ६ सय कर्मचारीको सूची छानबिनमा)
यो विधेययक पास भएपछि डिभी पिआर भएका ६ सय कर्मचारीले जागिरबाट हात धुनुपर्ने भएको छ ।
कर्मचारीसँगै सरकारकै मन्त्रीहरुसँग पनि डिभी पिआर भएकाले उनीहरुले पनि कि त डिभी कि त पिआर रोज्नुपर्ने चर्चा शुरु भएपछि मन्त्री रिजालले आजको बैठकमा स्पष्टिकरण दिएका हुन् ।
0 comments:
Post a Comment