Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News
Showing posts with label two. Show all posts
Showing posts with label two. Show all posts

Sunday, July 12, 2015

विराटनगर दुई सञ्चारकर्मी सम्मानित

विराटनगर दुई सञ्चारकर्मी सम्मानित
by बी एन एन|विराटनगर २७ असार । विराटनगरलाई कार्यक्षेत्र बनाएर पत्रकारीता गर्दै आएका दुई सञ्चारकर्मी सम्मानित भएका छन् । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले आज एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । प्रत्येक बर्ष प्रदान गर्दै आएको मेम्वर चन्द्रलाल दुर्गादेवी दाहाल सञ्चार श्रमजिवि पुरस्कार २०७२ ले दुई सञ्चारकर्मीलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा मकालु टेलिभिजनमा कार्यरत शुशिला पाठकलाई नगद १० हजार एक रुपैयाले कदर पत्र सहित सम्मान गरेको थियो । त्यसै गरी उज्यालो पत्रका कुमार लुईटेललाई २१ हजार एक रुपैयाले कदर पत्र सहित सम्मान गरेको छ । सम्मानित दुवैलाई कार्यक्रमका प्रमुख अतिथी मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले प्रदान गर्नुभएको थियो । कार्यक्रममा सभासद पवन कुमार साराडा , नेपाल पत्रकार महासघ मोरङका अध्यक्ष महेन्द्र विष्ट , पुर्व अध्यक्ष शिव बहादुर कार्की , सञ्चार सहकारी सस्थाका अध्यक्ष मोहन भण्डारी लगायत बालेका थिए ।