Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News
Showing posts with label clean. Show all posts
Showing posts with label clean. Show all posts

Saturday, July 11, 2015

विराटनगरका युवाहरुको उदाहरणीय कार्य

विराटनगरका युवाहरुको उदाहरणीय कार्य

By: बी एन एन|विराटनगर, २१ असार : युवाहरु सकारात्मक काममा संगठित भए त्यसले समाजले मात्र हैन सिंगो देशले नै काँचुली फेर्न सक्छ । यस्तै एउटा उदाहरण विराटनगरका युवाहरुले प्रस्तुत गरेका छन् । विराटनगरस्थित कोशी राजमार्गअन्तर्गत भत्किएको झण्डै ३ किलोमिटर सडकखण्डको मर्मतसम्भारमा सरोकारवाला निकायले बेवास्ता गरेपछि युवाहरु आफैं सगठित भएर भत्किएको सो सडकको खाल्डाखुल्डी पुरेका छन् । सोमबार बिहानै १५ जना युवाहरुको एक समूह बालुवा–गिट्टी लोड गरिएको ट्रयाक्टरसहित हातहातमा तगारी र बेल्चा बोकेर विराटनगरको बरगाछीचोकमा जम्मा भए । उनीहरुले चोकको मूल सडकमा वारपार परेका खाल्डो पुर्न सुरु गरे । बरगाछीचोकको खाल्डो पुरिसकेपछि लगत्तै युवाहरुको सो समूह खाल्डाखुल्डी पुर्दै राजमार्गको उत्तरतर्फ लागे । उनीहरुले सो क्रममा बरगाछीचोकदेखि आयल निगमचोकसम्मको सडकखण्डमा परेको खाल्डाखुल्डी पुरे । कोशी राजमार्गमा सवारीको चाप बढ्दै गए पनि राजमार्गको अवस्था भने जीर्ण छ । सडक विस्तारको काम भइरहे पनि त्यो सम्पन्न हुन अझै समय लाग्ने देखिन्छ । राजमार्गको बीचबीचमै खाल्डो परेपछि त्यसक्षेत्रमा दैनिकजसो सडक दुर्घटना हुने गरेको छ । राजमार्र्गको अवस्था जीर्ण भएर आवागमनमा समस्या भइरहे पनि सरोकारवाला निकायले बेवास्ता गरेपछि आफूहरु एकजुट भएर राजमार्गको खाल्डाखुल्डी पुर्न जुटेको अगुवा युवा विवेक कर्णको भनाइ छ । आफूसमेत खाल्डाखुल्डीकै कारण दुर्घटनामा परेको उनको भनाइ छ । कोशी राजमार्गको उक्त क्षेत्रमा दैनिकजसो साना–ठूला दुर्घटना हुन थालेपछि सामूहिक रुपमा सडकको मर्मतमा जुटेको अर्का युवा अगुवा किरण लामाले बताए । आफूहरु बेग्लाबेग्लै राजनीतिक पृष्ठभूमिका भए पनि सामुदायिक हितका लागि एकजुट भएको उनीहरुको कथन छ । दुहबीका युवा ढुवानी व्यवसायी दिलीप चौधरीले राजमार्गको खाल्डो पुर्न आवश्यक पर्ने गिट्टी–बालुवा उपलब्ध गराएपछि युवाहरुलाई सहज भएको थियो । सडकको खाल्डाखुल्डी पुरिएपछि सडक प्रयोगकर्ताहरुले समेत युवाहरुको प्रशंसा गरेका छन् ।

नाविन कर्ण मकालु टि वि