Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News
Showing posts with label ganja. Show all posts
Showing posts with label ganja. Show all posts

Saturday, July 11, 2015

बेवारिसे अवस्थामा १० किलो गाँजा बरामद

बेवारिसे अवस्थामा १० किलो गाँजा बरामद

by बी एन एन|सुनसरी, आषाढ २६
सुनसरीको श्रीपुरबाट प्रहरीले बेवारिसे अवस्थामा १० किलो गाँजा बरामद गरेको छ।

प्रहरी चौकी श्रीपुरबाट खटिएको प्रहरी टोलीले श्रीपुर १ स्थित भारतीय सिमानामा बेवारिसे एक झोलाभित्र लागुऔषध गाँजा फेला पारेको हो। बिहान करिब १० बजे गस्तीमा रहेको प्रहरीले बेवारिसे छाडिएको झोला खोली हेर्दा सोभित्र गाँजाले भरिएको फेला परेको हो।

गाँजा तस्कहरुले प्रहरी टोलीलाई देख्नासाथ उक्त झोला फ्याँकी फरार भएको हुन सक्ने प्रहरीको अनुमान छ।