Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News
Showing posts with label law. Show all posts
Showing posts with label law. Show all posts

Friday, July 10, 2015

मोरङमा सार्वजनिक स्थानमा धुम्रपान गरे जरिवाना


मोरङमा सार्वजनिक स्थानमा धुम्रपान गरे जरिवाना
by बी एन एन

२६ असार, मोरङ । मोरङमा सार्वजनिक स्थानमा सुर्ती र सुर्तीजन्य पदार्थ सेवन गर्नेले अब जरिवाना तिर्नुपर्ने भएको छ । जिल्लामा सुर्ती र सुर्तीजन्य पदार्थ नियन्त्रण समितिले जथाभावी धुम्रपान सेवन र मापदण्डविपरीत बेचबिखन गरे जरिवाना गर्ने निर्णय गरेको छ ।

सरकारले लागू गरेको सुर्ती र सुर्तीजन्य पदार्थ बेचबिखन र सेवन नियन्त्रण ऐन २०६७ लाई कडाइ गर्ने निर्देशन गरेसँगै मोरङ प्रशासनले कडाइ गर्ने निर्णय गरेको सहायक प्रजिअ एकनाथ अधिकारीले बताएको नयाँ पत्रिकामा खबर छ ।
प्रशासन कडाइ गर्ने भएपछि चुरोट, खैनी, बिँडी, सुल्फा, गुट्खा, सिगार, हुक्का, कक्कड आदि सार्वजनिक स्थानमा खान पाइनेछैन् ।
सहायक प्रजिअ अधिकारीका अनुसार सार्वजनिक स्थानमा सुर्ती र सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई प्रहरीले जनही सय रुपैयाँ जरिवाना गर्नेछ । जरिवानाका लागि ड्युटीमा खटिने सबै प्रहरीलाई प्रशासनले रसिद उपलब्ध गराउनेछ । जरिवाना नतिर्ने र विवाद गर्नेलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाहीमा लैजाने छ ।OB