Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News
Showing posts with label mornag. Show all posts
Showing posts with label mornag. Show all posts

Saturday, July 11, 2015

श्रीमानको कुटाईबाट महिलाको मृत्यु

श्रीमानको कुटाईबाट महिलाको मृत्यु
by बी एन एन|मोरङ, आषाढ २७

मोरङको कोशीहरैचामा श्रीमानको कुटाईबाट एक महिलाको शनिबार मृत्यु भएको छ।

श्रीमानको कुटाईबाट गम्भिर घाइते भएकी कोशी-हरैचा नगरपालिका ३ की ३० वर्षिया सुस्मिता परियारको उपचारकाक्रममा शनिबार बिहान मृत्यु भएको हो।
परियारलाई गत असार २३ गते उनका पति पूर्वी पृतना हेडक्वाटर ईटहरीमा कार्यरत फलोवर्स याम बहादुर परियारले कोशी-हरैचा १२ सलकपुरस्थित डेरामा घरायसी वादविवाद हुँदा कुटपिट गरेका थिए। गम्भिर घाइते उनलाई उपचारकालागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा सोही प्रतिष्ठानामा शनिबार बिहान ०७३० बजे मृत्यु भएको हो।

कुटपिटमा संलग्न पतिलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

Friday, July 10, 2015

मोरङको ९ नम्वर निर्वाचन क्षेत्रमा चारवटा ठुला योजना सम्पन्न

मोरङको ९ नम्वर निर्वाचन क्षेत्रमा चारवटा ठुला योजना सम्पन्न
By: बी एन एन|विराटनगर, असार २४। निर्वाचनक्षेत्र पुर्वाधार विशेष कार्यक्रम अन्तर्गत मोरङको ९ नम्वर निर्वाचन क्षेत्रमा चारवटा ठुलाठुला योजना सम्पन्न भएका छन् ।
बाँकी रहेका योजनाहरु पनि असार मसान्तसम्ममा सम्पन्न हुनेगरी काम भइरहेको मोरङ क्षेत्र नम्वर –९ का सभासद डिकवहादुर लिम्वुले बताए । पुर्वाधार विशेष कार्यक्रम अन्र्तगत सरकारले सभासद्लाइ उपलव्ध गराएको १ करोड रकम मध्ये ११ लाख रुपैयाको लागतमा भोगटेनीको रबि बामडाँडा, रामपुर वताहा सडक तथा २० लाख रुपैयाँको लागतमा सिंहदेवी तथा उर्लावारीमा विद्युत विस्तारको काम सम्पन्न भएको छ । विद्युत विस्तार भएपछि १ सय परिवारलाई विद्युत सेवा पुगेको जनाइको छ ।
यसैगरी क्षेत्र नम्वर – ९ का विभिन्न खोलानालाहरुमा १० लाख रुपैयाँको लागतमा तारजाली लगाउने काम तथा ८ लाख रुपैयाँको लागतमा धिमालजाती विकास केन्द्र नेपालको अधुरो भवनको निर्माण कार्य समेत सम्पन्न भएको जिल्ला विकास समिति मोरङले जनाएको छ । विशेष कार्यक्रम अन्र्तगत त्यहाँ अहिले १० वटा योजना संचालनमा छन ।
कांग्रेस सभासद लिम्वुले सरकाले उपलव्ध गराएको एक करोड रुपैयाँ क्षेत्र विकास योजना अन्र्तगत विद्यालय तथा कलेजको भवन तथा पुलपुलेसा निर्माण, सडक विस्तार साथै विद्युत विस्तारमा र जातिय उत्थानमा सहयोग गरिएको बताए ।