मोरङको ९ नम्वर निर्वाचन क्षेत्रमा चारवटा ठुला योजना सम्पन्न
By: बी एन एन|विराटनगर, असार २४। निर्वाचनक्षेत्र पुर्वाधार विशेष कार्यक्रम अन्तर्गत मोरङको ९ नम्वर निर्वाचन क्षेत्रमा चारवटा ठुलाठुला योजना सम्पन्न भएका छन् ।
बाँकी रहेका योजनाहरु पनि असार मसान्तसम्ममा सम्पन्न हुनेगरी काम भइरहेको मोरङ क्षेत्र नम्वर –९ का सभासद डिकवहादुर लिम्वुले बताए । पुर्वाधार विशेष कार्यक्रम अन्र्तगत सरकारले सभासद्लाइ उपलव्ध गराएको १ करोड रकम मध्ये ११ लाख रुपैयाको लागतमा भोगटेनीको रबि बामडाँडा, रामपुर वताहा सडक तथा २० लाख रुपैयाँको लागतमा सिंहदेवी तथा उर्लावारीमा विद्युत विस्तारको काम सम्पन्न भएको छ । विद्युत विस्तार भएपछि १ सय परिवारलाई विद्युत सेवा पुगेको जनाइको छ ।
यसैगरी क्षेत्र नम्वर – ९ का विभिन्न खोलानालाहरुमा १० लाख रुपैयाँको लागतमा तारजाली लगाउने काम तथा ८ लाख रुपैयाँको लागतमा धिमालजाती विकास केन्द्र नेपालको अधुरो भवनको निर्माण कार्य समेत सम्पन्न भएको जिल्ला विकास समिति मोरङले जनाएको छ । विशेष कार्यक्रम अन्र्तगत त्यहाँ अहिले १० वटा योजना संचालनमा छन ।
कांग्रेस सभासद लिम्वुले सरकाले उपलव्ध गराएको एक करोड रुपैयाँ क्षेत्र विकास योजना अन्र्तगत विद्यालय तथा कलेजको भवन तथा पुलपुलेसा निर्माण, सडक विस्तार साथै विद्युत विस्तारमा र जातिय उत्थानमा सहयोग गरिएको बताए ।
Friday, July 10, 2015
मोरङको ९ नम्वर निर्वाचन क्षेत्रमा चारवटा ठुला योजना सम्पन्न
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment