By: बी एन एन|भदौ १|
जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार राति र मंगलबार बिहान पूर्वी तराईका क्षेत्रमा भारी वर्षा हुने अनुमान गरेको छ। महाशाखाले सोमबार विशेष बुलेटिन निकालेर ‘बिहारबाट पूर्वी नेपालतिर प्रवेश गरिरहेको प्रणालीका कारण’ भारी वर्षाको संकेत देखिएकाले सतर्क हुन सजग गराएको छ।
मुलुकका अन्य क्षेत्रमा समेत मध्यमदेखि भारी वर्षा हुने महाशाखाको आँकलन छ। यस्तै, सोमबार साँझसम्मको २४ घण्टामा बागमती नदी जलाधार क्षेत्रस्थित सुन्दरीजल वर्षा मापन केन्द्रमा १ सय ११ मिलिमिटर वर्षा भएको बाढी मापन केन्द्रका विज्ञ विनोद पराजुलीले जनाएका छन्। भारी वर्षाका कारण बागमती नदीमा बाढी सुरु भएको छ भने सोमबार बिहान सवा ४ बजे खोकना जलमापन केन्द्रमा जलसतहले खतराको चिह्न नाघेको पराजुलीले बताए। जलसतह अझै नाघ्ने देखिएकाले बागमतीले असर गर्ने मकवानपुर, सर्लाही र रौतहटमा पर्ने तटीय क्षेत्रका बासिन्दालाई
मंगलबार बिहानसम्म सतर्क रहनसमेत केन्द्रले सचेत गराएको छ।Source: KMG
0 comments:
Post a Comment