Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, August 3, 2015

सरकारले वितरण गर्ने निःशुल्क औषधीको अभाव हुने

सरकारले वितरण गर्ने निःशुल्क औषधीको अभाव हुने
by बी एन एन बिराट नगर न्युज

काठमण्डौ साउन १८

यसवर्ष सरकारले वितरण गर्ने निःशुल्क औषधीको अभाव हुने देखिएको छ । औषधीका लागि भएको टेण्डर प्रक्रिया प्राविधिक कारणले लम्बिएकाले अभाव हुने देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
सरकारले यसअघि निःशुल्क घोषणा गरेको ७० प्रकारका औषधी यो वर्षभित्रै सबै जिल्लामा पुर्याउने बताइरहे पनि त्यस अनुसारको काम हुन नसकेको हो । अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेर अब औषधी ल्याउँदा ढिला भैसक्ने भएकाले त्यसको विकल्पमा अरु प्रयास नथाले अभाव देखिने सम्भावना धेरै बढेको छ ।
अन्तर्रा्ष्ट्रिय स्तरमा टेन्डर गरेर औषधी ल्याउदा ९ महिना लाग्छ । यस्तै सरकारले केही समय अघि औषधीको खुद्रा मूल्य तोके पनि राजपत्रमा प्रकाशित नहुँदा कार्यान्वयन हुन सकेको छैन ।Source:OB

0 comments:

Post a Comment