Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Friday, July 10, 2015

शसस्त्र प्रहरी लाई पक्राउ गर्ने अधिकार नदेउ।

शरतसिंह भण्डारीनेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीले सशस्त्र प्रहरीलाई दिएको पक्राउ अधिकारप्रति कडा आपत्ति जनाएको छ । पाँच दिनसम्म बसेको बैठकपछि प्रवक्ता केशव झाद्वारा जारी विज्ञप्तिअनुसार गृह मन्त्रालयले सशस्त्र प्रहरीलाई सुचना पुर्जी दिई पक्रने अधिकार दिएकामा कडा आलोचना गर्दै निर्णय सच्याउन दबाब दिएको हो । सरकारले बुधबार ल्याएको नीति तथा कार्यक्रम मधेसमैत्री नभएको भन्दै पार्टीले विरोध गरेको छ । संविधान मस्यौदामा रामसपा संसदीय दलले राखेको १३ बुदे फरक मतलाई समेत बैठकले अनुमोदन गरेको छ । ५२ सदस्यीय राष्ट्रिय कार्यसमिति बिस्तार गरेर ७१ सदस्यीय बनाएको छ । थप गरिएका सदस्यमा मधेसी र पहाडी समुदायको तर्फबाट करिब बराबरी प्रतिनिधित्व रहेको छ । 

0 comments:

Post a Comment