Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Friday, September 11, 2015

एसएलसी पूरक(Back paper) नतिजा भदौमै

By:बी एन एन, काठमाडौं

भाद्र २५, २०७२- परीक्षा नियन्त्रण कार्यालयले एसएलसी पूरक परीक्षाको नतिजा भदौभित्र प्रकाशन गर्ने जनाएको छ । आन्दोलनले गर्दा साउन २० मा सुरु भई २७ गते सम्पन्न परीक्षाको उत्तरपुस्तिका केन्द्रमा संकलन गर्न ढिलाइ भएकोले नतिजा प्रकाशनमा समस्या आएको हो । नियन्त्रण कार्यालयले एक विषय र दुई विषय अनुत्तीर्णका निम्ति पूरक परीक्षाको अवसर दिँदै आएको छ ।

‘उत्तरपुस्तिका परीक्षणको काम धमाधम भइरहेको छ,’ नियन्त्रक द्वारले भने, ‘भरसक भदौभित्र नतिजा सार्वजनिक गर्नेछौं । विद्यार्थीको शैक्षिक भविष्यलाई गुम्न दिने छैनौं ।’ पूरक परीक्षामा १ लाख २४ हजार २ सय ५१ विद्यार्थी सामेल छन् ।Source-EKantipur

0 comments:

Post a Comment