Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Saturday, September 12, 2015

वार्तामा जान आन्दोलरत दललाइ मधेशी जनताको दबाब।

by:बी एन एन |२०७२ भाद्र २७ आईतवार
वीरगन्ज: मुख्य तीन दलले संविधान निर्माण प्रकृया दुइ दिनका लागि स्थगन गरेर आन्दोलनरत मधेशी दलहरुलाइ वार्तामा बोलाएको छ । तर मधेशी दलहरु वार्तामा जान मानिरहेका छैनन् ।

मधेशी दलले वार्ताका लागि राखेको चार शर्तहरु मध्ये तीन दलले संविधाननिर्माण प्रकृया दुइ दिनका स्थगन गरिसकेको छ । यत्तिले मात्र वार्ताको वातावरण नबनको भन्दै मधेशी दलहरुले वार्तामा बस्ने प्रस्ताव अस्वीकार गरेका छन् ।


तर मधेशका बुद्धीजवी , उद्योगी व्यपारी र सर्वसाधरणले भने वार्तामा जान मधेशी दलहरुलाइ दबाब दिएका छन् ।


मधेशी दलको आह्वानमा साउन ३० गते देखि नै बन्द छ ।मधेशका विभिन्न जिल्लामा कर्फु र निषेधाज्ञा लगाएर दंगाग्रस्त क्षेत्र घोषणा गरिएका छन् । प्रहरी र प्रदर्शनकारी बिचको झडप हिंसात्मक बन्दै गएको छ ।

दिनहु भइरहेका प्रदर्शनमा आन्दोलनकारी र सुरक्षाकर्मीले ज्यान गुमाइरहेका छन् । जसका कारण मधेशका जिल्लाहरुको जनजीवन अस्तव्यस्त बनेको छ ।

बन्द हडताल र झडपका कारण आजीत बनेका सर्वसाधरण , उद्योगी र बुद्धिजीवीले वार्ताको लागि तीन दलले दिएको दुइ दिनको समय सदुपयोग गर्दै संवादका माध्यमबाट समस्याको निकास खोज्न मधेशी दलहरुलाइ दबाब दिएका हुन् ।

बन्द हडताल अब त अत्ति नै भैसक्यो , बारा गंजभवानीपुरका किसान शम्भु प्रसाद साहले भन्छन् ,‘ अब यो मान्छे मार्ने काम बन्द हुनु पर्छ , वार्ता गरेर समस्याको हल निकाल्नु पर्छ ।

मधेशी दलले मधेशको हक अधिकारका लागि भन्दै बन्द हडाल र आन्दोलन गरेपनि यसको मारमा मधेशीहरु नै परेको उनको गुनासो छ ।

सरकारले वर्तामा बोलाएको छ , मधेशी दलका नेतालाइ लक्षित गर्दै उनले भने , वार्तामा जानुस , आफनो कुरा राख्नुस् , मानेन् भने फेरि आन्दोलन गर्नु होला , तर अहिले वार्तामा तपाइहरु जानै पर्छ ।

वार्ताका लागि तीन दलले दिएको दुइ दिनको समयलाइ सदुपयोग गर्न मधेशका बुद्धीजीवहरुले पनि आन्दोलनरत दलहरुलाइ दबाब दिएका छन् ।

दलहरुले छिटटै निकास दिएनन् भने मुलुक ठूलो भडखालोमा खस्ने नागरिक समाज बाराका अध्यक्ष सुख प्रसाद चौधरी बताउछन् ।

वार्ताका लागि संविधानसभाको प्रकृया दुइ दिनका लागि स्थगन गर्ने मुख्य तीन दलको निर्णय सकरतात्मक रहेको बताउदै उनले भने , यो अवसरलाइ आन्दोलनरत दलहरुले सदुपयोग गर्नु पर्छ , तर ठूला दलले पनि अझ लचकता देखाउनु जरुरी छ ।

ठूला दलका नेताहरु आफनै गोरुको बाह्र टक्का भनेर बस्नु हुदैन , उनले थपे , ‘ मधेशी दलले पनि जनताको लागि आन्दोलन गरेका हुन् भने अब जनतालाइ धेरै सास्ती दिनु हुदैन ।
हरेक द्धन्द्ध र आन्दोलनको अन्तिम निकास वार्ता नै भएको चौधरीले बताए ।

नागरिक समाज रौतहटका अध्यक्ष जगरनाथ केशरी पनि वर्तामा मधेशी दलहरु जानु पर्ने बताउछन् । समस्याको सामधान वार्ता नै हो , तीन दलले वार्ताका लागि बोलाएका छन् भने मधेशी दलहरु जानु पर्छ , उनले भने , तर वार्ता अघि तीन दलले पनि वार्तामा हुने सहमति कार्यान्वयनको ग्यारेन्टी दिनु सक्नु पर्छ ।

विगतका सहमति लागु नभएका कारण आन्दोलनरत दलहरुमा अहिले पनि आशंका छ , उनले भने , तीन दलले त्यो आशंका मेटाउनु पर्छ । बन्द हडताल र हिंसात्मक झडपका कारण मधेशी जनताको जनजीवन अत्यन्तै कष्टकर बनेको भन्दै उनले मधेशी दलहरुलाइ भने, वार्तामा सहमति भएन भने बरु फेरि आन्दोलनमा फर्किए हुन्छ , तर वार्ताको टेबलुमा पहिला बस्नु पर्छ ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं वीरगन्जका उद्योगी विजय सरावगी पनि बन्द र आन्दोलनले समस्याको निकास नदिने बताउछन् ।

चाहे माओवादीको दश बर्षे जनयुद्ध होस वा यसअघिका मधेस आन्दोलन , दुवैमा वार्ताबाट नै निकास निकालिएको थियो , उनले भने , त्यही भएर वार्ताको माध्यमले निकास खोज्नुपर्छ । उनले भने , यदि अब पनि दुवै पक्ष आ आफनै अडानमा बस्ने हो भने यसले अन्तत जनतालाइ सस्ती दिन्छ ।
Source:annapurnapost

0 comments:

Post a Comment