Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Wednesday, September 9, 2015

मनिषाले भनिन्-राजसंस्था राखी नेपाललार्इ हिन्दु अधिराज्य बनाऔं

By: बी एन एन|२०७२ भाद्र २३ बुधवार

काठमाडौं : बलिउड अभिनेत्री मनिषा कोइरालाले नयाँ संविधानमा राजसंस्थालार्इ पनि स्थान दिनुपर्ने बताएकी छन् ।

सामाजिक सञ्जालमार्फत मंगलबार आफ्नो तीन बुँदै धारणा सार्वजनिक गर्दै अभिनेत्री कोइरालाले नेपाल राष्ट्रको निर्माता तथा अढार्इ सय वर्षसम्म राष्ट्रको संरक्षक राजसंस्थालार्इ पाखा लगाएर संविधान बनाइँदा राष्ट्रिय एकता खल्बलिने बताएकी हुन् ।

'नेपाल राष्ट्रको निर्माता तथा अढाई सय वर्षसम्म राष्ट्रको संरक्षक वा नेतृत्व तहमा रहेको राजसंस्थालाई पाखा लगाएर संविधान निर्माण गरिँदा राष्ट्रिय एकता खल्बलिन्छ', मनिषाले भनेकी छन्, 'यसो गरिँदा नेपालको सार्वभौमसत्ता गुम्ने सम्भावना भएकाले राजसंस्थालाई उचित स्थान दिनु पर्छ ।'

मनिषाले राजसंस्थासँगै नेपाललार्इ सनातन हिन्दुराज्य पनि बनाइनुपर्नेमा जोड दिएकी छन् । 'नेपाल राष्ट्रले सनातन हिन्दूधर्मको संरक्षण र वैदिक संस्कृतिले नेपाल राष्ट्रको संरक्षण गर्दै आएको छ', उनले भनेकी छन्, 'नेपाली हिन्दुत्वले विश्वमा आफ्नै विशिष्ट पहिचानसमेत स्थापित गरिसकेको सन्दर्भलाई नबिथोली नेपाललाई हिन्दू अधिराज्य नै कायम राख्नु आवश्यक
छ ।'

मनिषाले नयाँ संविधानमा नेपाली सेनालार्इ अझै शक्तिशाली बनाइनुपर्ने आफ्नो मत सार्वजनिक गरेकी छन् । 'सर्वोच्च अदालत, अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक अङ्गका साथै नेपाली सेनालाई झनै शक्तिशाली बनाउनुपर्छ', उनले भनेकी छन् 'समग्र समाज, राष्ट्र र राष्ट्रिय अस्मिताका लागि यसो गर्नु अनिवार्य छ।'
Source: annapurnapost

0 comments:

Post a Comment