Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, September 7, 2015

ब्रोड नेपाल न्युज बी एन एन (विशेष सम्पादकीय)

By : बी एन एन | अभिषेक भट्टराई

जनताको सुचना प्रती को हकलाई सुसूचित गर्ने उद्देश्यका साथ ब्रोड नेपाल न्युज को स्थापना भएको हो । सुरुवाती दिनहरु बाट देखिनै निस्वार्थ भाव सहित जनतालाई सुसूचित गरिरह्ने महान उद्देश्य सहित कार्य सम्पादन गर्दै आएको छ । देशमा मौलाउदै गएको भ्रष्टाचार ,अनियमिता बारेमा खवरदारी को बाटोमा र समाजमा सुशासन र स्थायी शान्ती -सद्भाव कायम गर्ने पनि समर्पित रहेको बि.एन.एन टिमले छोटो समयमा नै पाठक बाट राम्रो प्रतिक्रिया पाएको छ । अन्याय मा परेको आवज ,असाय को सहारा र अराजकताका लागि खवरदारी आवजका रुपमा बि.एन.एन परिचीत छ । देश-विदेश ,विज्ञान ,प्रविधि ,सामजिक ,राजनीति लगायतका सम्पुर्ण क्षेत्रमा भएका कुरा हरु को बारेमा जनतालाई सुसूचित गर्ने कुरामा बि.एन.एनले कुनै कसुर बाकी राखेको छैन ।देशमा गएको महाविप्तीका बेलामा पनि कति पनि विचलित नभई निरन्तर सुचना सम्प्रेषण गरिरहयो ,त्यसबेला फैलाएको अनावश्यक अफवाह र भ्रामक हल्लाहरु का बारेमा पनि जनता लाई सुसूचित गर्ने उद्देश्यका साथ भिडियो सामग्री पनि प्रशारण गरेको थियो । त्यसबेला घर बाहिर रहेको बेला सामजिक सन्जालका माध्यम बाट बि.एन.एन ले गरेको कार्यको धेरै पाठक हरु ले कदर गर्नु भएको कुरा हाम्रो मस्तिष्कमा सधै यादगर हुने छ । नेपाली क्रीकेट टिमले हासिल गरेको सफलता र क्रीकेट टिमको सुधारका लागि विभिन्न सामग्री प्रशारण गरेको कुरा यहाहरुलाई अवगत गराउद छौ । देश संविधान निर्माणका क्रममा रहेको बेला बि.एन.एन ले सविधान निर्माण गर्ने कार्यमा सहयोग र त्यस्बारेमा जनतालाई सधै सुसूचित गरिरहेको छ । देशमा भडकिरहेको सामाजिक सद्भाव लाई भड्किन नदिन र सामाजिक सद्भाव कायम राख्ने बि.एन.एनले निरन्तर साम्ग्री प्रकाशन गरिरहेको छ  । विभिन्न सर्जकले सिर्जना गर्नु भएको लेख -रचनाको कदर गर्दै आएको बि.एन.एनले सामजिक सन्जाल मार्फत सामाजिक  सद्भाव फैलाउने खालका स्टाटस को कदर गर्दै बि.एन.एनले "Status of the day " कार्यक्रम ल्याएको कुरामा पनि यहाँहरु लाई अवगत गराउदछौ ।
              अत : बि.एन.एनले आफ्नो पाठकहरुको अनावश्यक डाटा शुल्क खर्च नगराउने उद्देश्यले लिन्क रहित सामग्री प्रकाशित गर्दै आएको छ । यसले गर्दा कुनै पनि समाचार पढ्न लाई बाहिरी लिन्कमा गैरहनु पर्ने झन्झट बाट पाठकहरु लाई केही हद सम्म राहत मिल्ने कुरामा हामी आशावादी छौ । अन्तयमा बि.एन.एन कुनै व्यवसायिक उद्देश्यका लागि नभई सुचना प्रतीको हकलाई सुसूचित गर्ने महाअभियानका साथ स्थापना भएको जानकारी गर्दछौ ।

0 comments:

Post a Comment