Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Wednesday, September 9, 2015

राप्रपा नेपाल संविधान निर्माण प्रक्रियाबाट अलग

By:बी एन एन, काठमाडौं

भाद्र २३, २०७२- संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपाल संविधान निर्माण प्रक्रियाबाट अलग भएको छ । राप्रपा नेपालको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधान निर्माण प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो ।

तीन ठूला दलले एकलौटी ढंगबाट संविधान निर्माण प्रक्रिया अघि बढाएकोमा असन्तुष्टी जनाउँदै नेपाल बाहिरिएको हो ।

आज नेपाल अध्यक्ष कमल थापाले समितिको निर्णय 'राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संविधान निर्माणको बाँकी प्रक्रियाबाट अलग हुने निर्णय गरेको छ' भन्दै ट्विट गरेका छन् ।

नेपालले राजसंस्था पुनर्स्थापना हुनुपर्ने, धर्मनिरपक्षेता र संघीयता खारेज गर्नुपर्ने माग सहित संविधान संशोधन प्रस्‍ताव गरेको थियो ।

उनीहरुका सभासद संविधान सभा बैठकमा छैनन् ।KMG-KMD

0 comments:

Post a Comment