Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Friday, September 11, 2015

खेलकुदमन्त्री पौडेललाई कारबाही गर्न अख्तियारको निर्देशन

By: बी एन एन, काठमाडौं
भाद्र २५, २०७२- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई कारबाही गर्न निर्देशन दिएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिवमा केशवकुमार विष्टलाई नियुक्त गर्दा पौडेलले पदको दुरुपयोग गरेको भन्दै अख्तियारले कारबाही गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेको हो । खेलाडी भगाएको विषयमा कारबाही सिफारिस गरिएका व्यक्तिलाई नै सदस्यसचिव बनाएको उल्लेख गर्दै अख्तियारले मन्त्रीले पदीय कर्तव्य पालना नगरेको ठहर गरेको छ ।

‘१ वर्षका लागी जिम्मेवारीबाट मुक्त भई कारबाहीमा परेका व्यक्तिलाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव जस्तो मर्यादित एवं गरिमामय पदमा नियुक्त गरेको देखिदा गैरकानूनी तवरबाट माननीय युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले जानी जानी आफूलाई प्राप्त अधिकार सम्बन्धित कानून, निर्णय वा आदेश विपरीत अर्कै उद्देश्यले प्रयोग गरी आफ्नो तजविजी अधिकार बदनियत साथ स्वेच्छाचारी रूपमा प्रयोग गर्नुका साथै,’ अख्तियारको विज्ञप्तीमा भनिएको छ, ‘आफ्नो पदको प्रकृति अनुसार पालना गर्नुपर्ने पदिय कर्तव्य पालना नगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ को खण्ड (ग), (घ) र (छ) अनुसारको अनुचित कार्य गरेको पुष्टि हुन आएकोले सोही ऐनको दफा १२. क बमोजिम माननीय मन्त्री श्री पुरुषोत्तम पौडेललाई आवश्यक कारबाहीका लागी सम्माननीय प्रधानमन्त्रीज्यू लाई अनुरोध गरि लेखी पठाइएको छ ।’Source :EKantipur

0 comments:

Post a Comment