Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Thursday, September 10, 2015

झापा, मोरङ, सुनसरी पहाडमा गाभ्न मिल्दैनः गच्छदार

By: बी एन एन|बिहीबार २४ भाद्र, २०७२
झापा–पूर्वका झापा, मोरङ, सुनसरीसहितका नौ जिल्लालाई 'लिम्बूवान' राज्य घोषणा गर्न माग गर्दै लिम्बूवान पक्षधर शक्तिहरुले बिहीबार र शुक्रबार पूर्व बन्द आह्वान गरिरहेकै बेला फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले 'यी तीन जिल्ला पहाडमा गाभ्नै नमिल्ने ' बताएका छन्।

लिम्बूवानको बन्दका वावजुद बिहीबार झापा आएर विर्तामोडको विरोध सभालाई सम्बोधन गरेका गच्छदारले लिम्बूवान आन्दोलनको मागभन्दा पृथक माग अघि सारेका हुन्। यी तीन जिल्लालाई पहाडमा मिलाउनै नहुने माग अन्य मधेशवादी दलहरुले पनि गरिरहेका छन्। उपेन्द्र यादव नेतृत्वको मोर्चामा लिम्बूवान पनि सहकार्य गरिरहेको छ । तर, पहिचानका लागि संघर्षरत शक्तिहरुकै दाबी फरक देखिँदा पूर्वका तीन जिल्लाको विवाद झनै पेचिलो बन्ने देखिएको छ । लिम्बूवान पक्षधरले दाबी गरिरहेको प्रदेशमा पछिल्लो सीमाकंनले १४ जिल्ला समावेश गरेको छ । लिम्बूवान पक्षधरहरु नौ वटा जिल्लाकै पूर्व मागमा अडिग रहँदै आन्दोलित छन् ।

पहिचानवादी शक्तिकै नेता भनेर चिनिएका गच्छदारको यस्तो अभिव्यक्तिले खासगरेर तीन जिल्लाको विवाद चुल्याउने सम्भावना बढेको छ । 'सिन्धुली, रामेछापबाट धनुषा, महोत्तरी अलग गर्न मिल्ने तर इलामबाट झापा र धनकुटाबाट मोरङ, सुनसरी अलग गर्न नमिल्ने तर्क के हो ?', पूर्वी थारुवान कोचिला प्रदेश सघर्ष समितिले बिहीबार झापाको वितामोडमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै गच्छदारले भने 'आफ्नो स्वार्थका लागि जथाभावी सीमाकंन गर्ने कामले नै समस्या ल्याएको हो । केपी ओली र कृष्ण सिटौलाहरुको स्वार्थ यहाँ हाबी भएको छ । ' झापाका कोचीला, थारु, राजवशी, गन्गाई, ताजपुरीया लगायतका जातिलाई अल्पसंङख्यक बनाएर पेल्ने काम भएको भन्दै पहाडसँग तराईलाई कुनै पनि हालतमा समावेश गर्न नहुने उनको जोड थियो ।

गच्छदारले आफूले पेश गरेको समाधानको खाका बारे तीन दल सकारात्मक बने समस्या तत्काल हल हुने दाबी गरे । उनले त्यसको व्याख्या गर्दै थपे 'सकेसम्म आठ प्रदेश बनाउँदा समस्या समाधान हुन्छ । तर, तनि दल सात प्रदेशमै अडिग रहने हो भने झापा, मोरङ र सुनसरीलाई अहिलेको प्रदेश नम्बर दुईमा गाभ्नुपर्छ ।' उनका अनुसार कैलाली, कञ्चनपुर लगायतका जिल्लालाई नवलपरासी, अर्घाखाँचीहरुसँग मिलाउनुपर्छ । 'यसले पनि समाधान दिनसक्छ', उनले भने 'झापा, मोरङ, सुनसरीको अलग प्रदेश बनाउँदा पनि हुन्छ ।' विकल्प धेरै खुला भए पनि तीन दलका केही नेताको स्वार्थका कारण समस्या आएको उनको भनाइ छ । 'आफ्नो स्वार्थका लागि जथाभावी सीमाकंन गर्ने कामले नै समस्या ल्याएको हो,' उनले भने ।

तीन दलका नेताहरुको हठले मुलुकलाई गृहयुद्ध उन्मुख बनाएको आरोप पनि लगाएका छन् । मुख्य तीन दल मधेश, थरुहट, आदिबासी–जनजाति आन्दोलनलाई सम्बोधन गर्नभन्दा दमनतिर अग्रसर भइरहेको बताउँदै उनले त्यसले गृहयुद्दको संघारतिर मुलुकलाई धकेलेको उल्लेख गरे ।

आफू अन्तिम समय सम्म सहमतिको पक्षमा रहेकाले दलहरुसँग निरन्तर वार्ता र छलफलमा लागे पनि प्रमुख दिलका नेताहरुले आफनो कुरा नसुनेको गुनासो उनको छ ।
-Source- nagariknews

0 comments:

Post a Comment