Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, August 31, 2015

कोशीमा पानी को बहाब बढ्यो ।


By :बी एन एन
कोसी नदीमा बहाव बढेको छ । यसले पूर्वी तटबन्धको केही स्थानमा कटानको जोखिम बढेको छ । सोमबार साँझ ५ बजे २ लाख ५ हजार क्युसेक पानीको बहाव मापन गरिएको छ । निकास दिन कोसी ब्यारेजका २३ बटा ढोका खोलिएको छ । पहाडी क्षेत्रमा बर्षा भइरहेको पानीको बहाव बढेको हो । राजाबास, मधुवन, कुशहालगायत स्थानमा कटानको जोखिम छ । राजबासको स्पर नम्बर २६ , २६ दशमलब ४० , २६ दशमलब ८८ मा कटान भईरहको स्थानीय योगेश श्रेष्ठले बताए ।

तराईमा एक करोड भारतीय छन् : भारतीय गृहमन्त्री

By:बी एन एन|
सोमबार १४ भाद्र, २०७२

काठमाडौं— भारतीय केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले नेपालको तराई भूभागमा बसोबास गर्ने भारतीय नागरिकबारे चासो देखाएका छन्। सिंहले मधेस समस्या नेपालको आन्तरिक मामिला भन्दै त्यहाँ बस्ने एक करोड भारतीय नागरिकलाई सुरक्षित पार्नु आफ्नो चासो भएको उल्लेख गरेका छन्।

मधेसवादी दलहरुले नयाँ संविधान जारी गर्ने समयमा तराई अशान्त बनाएका बेला भारतीय गृहमन्त्रीको यस्तो भनाइ इन्डिया टुडे डट आइएनले सार्वजनिक गरेको हो।

rajnath singh
भारतीय गृहमन्त्री राजनाथ सिंह

सीमावर्ती उत्तरप्रदेशको महाराजगञ्ज जिल्लामा सशस्त्र सीमा बल (एसएसबी) को नयाँ भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै आइतबार भारतीय गृहमन्त्री सिंहले भने, 'नेपालमा रहेका भारतीयको सुरक्षाप्रति सरकार सचेत छ।'

नेपालका मधेसीहरु भारतीय भएको उल्लेख गर्दै पत्रिकाले उनीहरु वर्षौंअघि बसाइँ सरेर त्यहाँ गएको जनाएको छ। त्यस्ता धेरै भारतीयले नेपाली नागरिकता पाए पनि अधिकांशले अझै नपाएको पत्रिकाले उल्लेख गरेको छ। मधेसमा रहेका जनतालाई भारतीय जनता पार्टीको एउटा समूहले लामो समयदेखि सहयोग गर्दै आएको समाचारमा उल्लेख छ।

विजेपी सांसद योगीले मधेसी अान्दोलनलाइ सघाइरहेका छन्

गोरखपुर क्षेत्रबाट लोकसभामा प्रतिनिधित्व गर्ने बिजेपी सांसद योगी आदित्यनाथले नेपाल सरकारविरुद्ध लड्न मधेसी समुदायलाई बन्दोबस्तीका सामग्री सहयोग गर्दै आएको दाबी समाचारमा गरिएको छ। योगीले तीन दिअघि वक्तव्य जारी गर्दै नेपालमा हिन्दू राष्ट्रविरोधी विदेशी शक्ति र राजनीतिक नेतृत्वले पछिल्लो हिंसा भड्काएको आरोप लगाएका थिए।

युपी, बिहार, पश्चिम बंगाल सीमावर्ती क्षेत्रमा मधेसीको जनसंख्या ३० प्रतिशत रहेको उल्लेख गर्दै समाचारमा यीमध्ये ४० प्रतिशतसँग नेपाली नागरिकता अझै नरहेको उल्लेख गरिएको छ।
Source: Nagarik News

Sunday, August 30, 2015

आजबाट बिराटनगरमा मोटरसाइकल पनि चल्न नदिने


by बी एन एन

बिराटनगर भदौ १४ , संयुक्त लोकत्रान्तिक मधेशी मोर्चा ले आज बाट बन्द अझ सशक्त बनाउने निर्णय गरेको छ । आज बाट बजार पुरै बन्द गरेर , मोटर साइकल समेत चल्न नदिने निर्णय गरेको छ । आज बिहानै बिराटनगर १८ हाइवेमा एउटा बाइक तोडफोड गरेका छन बन्दकर्ताले ।

Friday, August 28, 2015

बन्दकर्ता आफैँले बजार खोले

by:बी एन एन

बिहीबार १० भाद्र, २०७२
नेपालगन्ज– लगातार १६ दिनदेखिको बन्दले कष्टकर जीवन विताइरहेका बाँकेबासीले आन्दोलनरत पक्षले बन्द खुकुलो पारेपछि राहत महसुस गरेका छन्। संयुक्त रुपमा आन्दोलन गर्दै आएका मधेसी मोर्चा र थरुहट संयुक्त संघर्ष समितिले दुई दिनका लागि बजार, व्यापार, व्यवसाय र साना सवारी साधन सञ्चालन गर्न दिएपछि कष्टपुर्ण जीवन विताइरहेका सर्वसाधारणलाई राहत मिलेको हो।

थरुहट मधेस संयुक्त संघर्ष समितिले बिहीबार सर्वसाधारणको दैनिकीलाई मध्यनजर गर्दै दुई दिन (शुक्रबार र शनिबार) बजार, व्यापार, व्यवसाय र रिक्सा तथा मोटरसाईकल चल्न दिने निर्णय गरेको हो । पत्रकार सम्मेलन नै गरेर समितिले आफ्नो निर्णय सार्वजनिक गरेको छ । समितिले आइतबारबाट भने पुनः बन्दलाई निरन्तरता दिने जनाएको छ । संघर्ष समितिका प्रवक्ता पशुपति दयाल मिश्रले निर्णयबारे नागरिकसँग भने, 'सर्वसाधारणको दैनिकीलाई कष्टकर हुन नदिन दुई दिनका लागि सहज बनाएका हौं । शुक्रबार र शनिबार बजार, व्यापार, व्यवसाय र चार पांङ्ग्रे बाहेकका सवारी साधन चल्न दिनेछौं ।'

संघर्ष समितिका अगुवाले यसअघि बुधबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा आन्दोलनलाई मर्यादित र शान्तिपुर्ण बनाउने, आन्दोलनमा बालबालिकाको प्रयोग नगर्ने लगायत कुरामा सहमती जनाएका थिए । संघर्ष समितिको निर्णय सार्वजनिक भएसँगै बिहीबार दिउँसोदेखि नै नेपालगन्ज, कोहलपुर, खजुरा बजारमा चहल पहल बढेको छ । लामो समय सम्म बजारमा निस्कन नपाएका सर्वसाधारणको उपस्थिती बाक्लो देखियो । उनीहरु अत्यावश्यक सामाग्री किनमेलमा व्यस्त देखिन्थ्ये । 'लामो बन्दपछि आज बजारमा किनमेल गर्न आएकी हुँ,' धम्बोझी निवासी संगीता अधिकारीले भनिन् 'यस्ता बन्द, हड्ताललाई त आन्दोलनरत पक्षले सधैका लागि बन्द गरे हुन्थ्यो ।'

बिहीबार नेपालगन्जका अधिकांस व्यापार, व्यवसाय सञ्चालनमा आउनुका साथै साना सवारी साधन निर्वाध रुपमा सञ्चालनमा आएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक भीमकिरण बोगटीले बुधबार नेपालगन्जको जनजीवन सामान्य अवस्थामा फर्किएको बताए । 'जनजीवन सामान्य अवस्थामा फर्किसकेको छ,' उनले भने 'आज बजार पुरै खुल्यो र साना सवारी साधन पनि धेरै चलेका छन् ।'

Thursday, August 27, 2015

पार्किङ गरेर राखिएका तीन वटा बसमा आगजनी

by बी एन एन|

काठमान्डौ भदौ ११

महोत्तरीको बर्दिबासमा पार्किङ गरेर राखिएका तीन वटा बसमा आगजनी भएको छ । गए राति बर्दिबास–१ बरगाछी टोलमा पार्किङ गरेर राखिएका बसमा नचिनेका व्यक्तिको समुहले पेट्रोल छर्केर आगो लगाएको हो । आगजनीबाट ना ५ ख ४९९५, ना ५ ख २६९४ र एउटा अनटेष्ट बस जलेर नष्ट भएको छ । आगजनी गरिएका तीन वटै बस महोत्तरीको औरही घर भएका मुकेश चौधरी रहेको प्रहरीले जनाएको छ । रिसइवीको कारण पार्किङ गरेर राखिएको बसमा आगजनी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक चण्डेश्वर यादवले बताउनुभयो ।

आज १२ बजे पछी बन्द खुल्ने सर्वसाधारण हर्षित

By:बी एन एन| विराटनगर ११ भदौ ।
थरुहट संर्घष समितिले सिमांकनको विरोधमा गर्दे आएको अनिश्चिकालिन बन्द आज र भोली दुई दिनका लागि खुकुलो बनाएका छन् । हिन्दुहरुको चाड रक्षा बन्धन र जनैपूर्णिमालाई मध्यनजर राख्दै बन्दका सम्पुर्ण कार्यक्रम दुई दिनलाई खुकुलो पारिएको आन्दोलनका अगुवा विरु चौधरीले जानकारीदिनुभयो । आज दिउँसो १२ बजेदेखि सबै सवारी साधन सञ्चालन गर्न दिइने उहांले बताउनुभयो । प्रदेशहरुको सिमांकनको विषयलाई लिएर देशका बिभिन्न जिल्लामा कडा रुपमा विरोधका कार्यक्रम गर्दै आएका थिए । थरुहट संघर्ष समितिको आन्दोलन १८ दिनदेखि जारी छ भने संयुक्त मधेसी मोर्चाको आन्दोलन आज १४ औं दिनमा पुगेको छ । आन्दोलनका कारण तराई विभिन्न जिल्लाहरुमा जनजीवन अत्यन्तै कष्टप्रद बन्दै आएको छ । लगातारको बन्दले जनजीवन चौपट भएपछि स्थानीयले बन्दको बिरोधमा जिल्ला जिल्लामा दिनहुँ जसो सद्भार्व यालीसमेत निकालिरहेका छन् ।

बिराटनगरमा मोटरसाइकलबाट खसेर महिलाको मृत्यु


by बी एन एन
मोरङ, भाद्र ११

मोरङको बिराटनगर २१ स्थित मलाया रोडमा बिहिबार मोटरसाइकलबाट खस्दा एक महिलाको मृत्यु भएको छ।

भारत अररिया जिल्ला कटिहार बस्ने ४५ वर्षिया सुकलता देवी बेदको मोटरसाइकलबाट खसेर बिहिबार सांझ उपचारका क्रममा मृत्यु भएको हो। को. ९ प ७१३१ नं. मोटरसाइकल पछाडी सवार रहेकी उनी सांझ ६ बजेतिर जोगबनीबाट बिराटनगरतर्फ आउनेक्रममा अचानक खसेकी थिईन। गम्भिर घाइते भएकी उनलाई उपचारकालागि न्युरो अस्पताल बिराटनगर लगिएकोमा सोही अस्पतालमा उनको मृत्यु भएको हो।

मोटरसाइल इलाका प्रहरी कार्यालयमा  रानीको नियन्त्रणमा रहेको छ।

वीरगन्जका एसपीमाथि पेट्रोल बम प्रहार

By:बी एन एन |वीरगन्ज,भदौ ११

पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी दिवेस लोहनीमाथि बुधबार राति मधेस केद्रीत दलका कार्यकताले पेट्रोल बम प्रहार गरेका छन्। वीरगञ्जको सुक्खा बन्दरगाह स्थित भन्सार कार्यलयबाट प्रहरी स्कटिङमा गाडी लैजाने क्रममा उनको भ्यानमाथि बम प्रहार गरिएको खबर आजको अन्नपूर्णमा छापिएको छ।
उक्त बम प्रहारबाट एसपी लोहनीको दायाँ हातमा चोट लागेको छ। दायाँ हातको कान्छी औला र हत्केलाको पछाडिपट्टीको भागको हड्डीमा चोट लागेका कारण प्लास्टर गरिएको छ।
http://url2it.com/bfinsf

येसरी हत्या गरियेको थियो एस एस पि नेउपानेको(भिडियो सहित)

SSP Neupane’s last rites held 

- BNN
Aug 26, 2015- The last rites of slain Senior Superintendent of Police Laxman Neupane took place at Pashupati Aryaghat in Kathmandu on Tuesday afternoon. His funeral was accompanied by ceremonial gun salute performed by Nepal Police personnel. Hundreds of people were in attendance. 
Neupane’s body was airlifted to Kathmandu and was kept at the Gaushala Kathmandu Metropolitan Police Circle at Gaushala where Home Minister Bam Dev Gautam, Inspector General of Police Upendra Kanta Aryal, among others, came to pay their tribute.
In a first major attack on high-ranking law enforcement officer after the peace process, SSP Neupane was killed while on duty during the Tharuhat protest at Tikapur in Kailali district on Monday.
The chief of Seti Zonal Police Office, Neupane was seized by the protesters while trying to convince them to stage their demonstration peacefully. Nepal Police
said that Neupane succumbed to the wounds inflicted by spears.
Neupane had joined Nepal Police as inspector in 1988. He was promoted to the SSP rank in 2010. He assumed the role of Seti zonal police chief only a year ago.
A native of Chandragadhi, Jhapa, Neupane was a popular figure in his home town. Neupane’s brother Pradip remembered him as a brilliant student, and his colleagues as a tolerant officer.
“He handled each challenge skilfully,” said Deputy Inspector General of Police Nawaraj Silwal, who is of the same batch as Neupane.
Former Additional Inspector General of Police Nawaraj Dhakal said SSP Neupane was very sharp in dealing with investigations. “He used all his professional skills while
investigating many cases,” Dhakal said.Neupane is survived by a wife, a son and a daughter.
Watch Video भिडियो हेनुस।

Slain officers promoted
The government has decided to promote police personnel who were killed in Tikapur on Monday. A Cabinet meeting on Tuesday evening elevated them to an upper rank.
Seven police personnel including Senior Superintendent of Police Laxman Neupane had died on duty during the violent clash with Tharuhat protesters. The government, however, has not decided the compensation amount to be provided to the bereaved families.
The Cabinet also formed a committee headed by Deviram Sharma, former chief of the National Investigation Department, to investigate the Tikapur incident. Other members of the committee are AIGs Jiwan Thapa and Pratap Thapa, Ganesh Adhikari of the NID and Binod KC, a joint-secretary at the Home Ministry. The meeting also decided to resume the supply of essential goods that has been hit by a prolonged Tarai shutdown. (PR)

Tuesday, August 25, 2015

बेलायतमा गैर कानुनी कामदारलाई छ महिनासम्म कैद

BY:बी एन एन| भाद्र ९, २०७२- इंग्ल्याण्ड र वेल्समा अवैध रुपमा काम गरेको प्रमाणित भए छ महिनासम्म कैद हुनसक्ने भएको छ ।


इंग्ल्याण्ड र वेल्समा लागू हुने गरी ल्याउन लागिएको प्रस्तावित अध्यागमन सम्बन्धी विधेयकमा गैरकानुनीरुपमा काम गरिरहेको पाइएमा छ महिनासम्म कैद हुनसक्ने व्यवस्था छ ।

सेप्टेम्बरबाट लागु गरिने सो विधेयकमा गैरकानुनी कामदार लगाउने टेक वे रेस्टुरेन्ट तथा अफ लाइसेन्स पसलहरुप्रति पनि कडा प्रावधान राखिएको छ ।

अवैध कामदार राखेमा टेक वे तथा अफ लाइसेन्सले लाइसेन्स गुमाउन सक्ने छन् ।

यसका साथै अवैध कामदार राख्न फर्मलाई असीमित जरिवाना र कामदारको ज्याला जफत गरिने पनि विधेयकमा उल्लेख छ ।

अधिकारीहरुले सो प्रावधान मिनी क्याब ड्राइभर र अपरेटरलाई पनि लागु हुन सक्नेमा छलफल गरिरहेको बीबीसीले जनाएको छ ।

अध्यागमन मन्त्री जेम्स ब्रोकनसायरले भने, ‘सरकारले अध्यागमन दुरुपयोग रोक्न निरन्तर प्रयास गरिरहनेछ ।’

बेलायत सरकारले अध्यागमन नियन्त्रण गर्न श्रृंखलावद्ध निर्णयहरु गरिरहँदा सो विधेयक पछिल्लो कदम हो ।

अवैध कामदार राख्ने व्यापारिक फर्मले कानुनी रुपमा प्रतिरक्षा गर्ने प्रावधानमा पनि परिवर्तन गरिएको छ ।

व्यापारिक प्रतिष्ठानहरुले आफूकहाँ काम गर्ने कामदारहरु अवैध रहेको थाहा थिएन भनेर अब उम्कन पाउने छैनन् । उनीहरुले काममा लगाउन पूर्व नै विस्तृतरुपमा कामदारहरुको कानुनी अवस्था परीक्षण गर्नुपर्ने छ ।

अवैध कामदार राख्ने फर्मलाई दोषी ठहरिएमा बढीमा पाँच वर्ष कैद र जरिवाना गरिने छ । यसअघि दुई वर्षकैदको व्यवस्था थियो ।

मन्त्री ब्रोकेनसायरले भने, ‘यूकेमा अवैध रुपमा बसिरहेकाहरुलाई काम गर्न, घर भाडामा बस्न, बैंक खाताखोल्न र कार चलाउन हामी जुनसुकै हालतमा रोक्ने छौं ।’

इमिग्रेसन वाचका आल्प मेहमेतले नयाँ व्यवस्थाले यदि बेलायतमा गैरकानुनी रुपले काम गरिरहेको भएकामदार र काममा लगाउने दुवैलाई अदालतमा पुर्‍याउने बताए ।

यसै महिनाको सुरुवातमा सरकारले बेलायतमा बसोबासको अधिकार नभएका किरायादारलाई घरधनीले निकाल्न सक्ने व्यवस्था प्रस्तावित विधेयकमा गरेको कुरा प्रकाशमा आएको थियो ।
       
विधेयकमा बेलायतमा बस्ने अधिकार सकिएको अवस्थामा घरधनीले अदालतको आदेश बिनै भाडामा बस्नेलाई निकाल्न सक्ने अधिकार दिइन लागिएको छ । यस्तै भाडामा दिन अगाडि कानुनी हैसियत परीक्षण गर्नुपर्ने प्रावधान राखिएको छ ।

यदि वैधानिक हैसियत नभएकालाई पटकपटक भाडा दिइएमा पाँचवर्ष कैद हुनसक्ने छ ।

अध्यागमन अधिकारीहरुले सेप्टेम्बरदेखि भवन निर्माण क्षेत्र, केयर होमहरु र सरसफाई फर्महरुमा अवैधकामदार भएको आशंकामा विस्तृत छड्के जाँच गर्न लागेको बीबीसीले जनाएको छ ।

MRR का सद्स्य जुटे सद्भाव फैलाउन

By:बी एन एन|काठमाडौं
सामाजिक संजालमा स्थापित ग्रुप Mens Room Reloades (MRR) मा अहिले ५८००० युवा सदस्य छन । यी युवाहरु सामाजिक संजालमा रहेर आफ्नो ग्रुपमा  रहेका सदस्य लाई सहयोग गर्ने सधै तत्परता देखाईरहेका हुन्छ्न । यहि युवाहरु को समुह मङलबार माईती घर मा सद्भाव र्याली निकाल्न जुट्यो । र्यालीमा करिब १००० जना सद्स्यहरु उपस्थित रहेका  थिए । उनिहरु समाजमा सद्भाव फैलाउने खालका प्लेकार्ड सहित उपस्थित भैइ ,माइतीघर बाट नयाँ वानेस्वर सम्म र्यालीको आयोजना गरि ,नेपालको नाम लेखी मैनबति बालेका थिए । MRR को यस्ता थुप्रै समाजसेवा को कार्यहरु मा सक्रिय हुँदै आएको छ  ।
तस्विर :अभिषेक भट्टराई /क्षितिज गौतम

Monday, August 24, 2015

विराटनगरमा एम्बुलेन्सल तोडफोड

by बी एन एन
विरटनगर ८ भदौ । बन्दको अवज्ञा गरेको भन्दै विराटनगर– २१ स्थित रामजानकी चौकमा वन्दकर्ताहरुले एउटा एम्बुलेन्सल तोडफोड गरेका छन् । जोगबनीबाट धरान तर्फ जाँदै गरेको को.१ज १८०४ नम्बरको एम्बुलेन्सलाई रोकेर विराटनगर– २१ का २६ वर्षीय गुड्डु आलमसहित ४–५ जनाको समूहले ढुंगामुढा गरी तोडफोड गरेको मोरङ प्रहरीले जनाएको छ । उनीहरुको तोडफोडबाट एम्बुलेन्सको सबै सिसाहरु फुटेको जनाइएको छ । बन्दकर्ताहरुले भने एम्बुलेन्स भएर सर्वसाधारण यात्रुहरुलाई चढाएर लान लागेपछि तोडफोड गरेको बताएका छन् । तोडफोडमा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय रानी विराटनरले गुड्डु आलमलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ

राजनीतिक खिचातानीका कारण अस्पतालको सेवा प्रभावित

by बी एन एन
विरमटनगर ८ भदौ । मोरङको रंगेलीस्थित जिल्ला अस्पतालमा राजनीतिक खिचातानीका कारण विकास समिति गठन नहुँदा अस्पतालको सेवा प्रभावित भएको छ । विकास समितिको म्याद गत फागुन महिनामा सकिए पनि अस्पताल व्यवस्थापन समितिको अध्यक्ष पाउने राजनीतिक दलबीच कसलाई अध्यष बनाउने विषयमा कुरा नमिल्दा अस्पतालको सेवा प्रभावित भएको हो । विकास समिति नहुँदा अस्पताललाई औषधि खरिद तथा अस्पताल व्यवस्थापनमा समेत समस्या भएको छ । अस्पताल व्यवस्थापन समितिको अध्यक्ष एमालेको भागमा रहेता पनि पठाउन नसक्दा समिति गठनमा समस्या भएको स्थानीयवासीले बताउँछन् ।

बन्दका कारण मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा एक अर्ब ७० करोडको नोक्सान

by बी एन एन

मोरङ, भदौ   । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा अहिलेसम्म रु एक अर्ब ७० करोडको नोक्सान भएको छ । उद्योग सङ्गठन मोरङका कार्यकारी सचिव सोमनाथ अधिकारीका अनुसार मजदुर–कर्मचारीको तलब, बैंकको ब्याज, भन्सारको ड्यारेज शुल्क, विद्युत्लगायत जोड्दा दैनिक रु १५ करोड नोक्सानी बेहोर्नुपर्ने भएको छ ।

उत्पादन भएका वस्तु निर्यात गर्नसम्म नपाएको, भारतबाट आयत गरिएको वस्तु यातायात बन्दले गर्दा भन्सार नाकामै थन्किएर बसेका छन् । उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रवालले बन्द हडताल, चक्कजाम र विद्युत् भार कटौतीले गर्दा उद्योगी मारमा परेको बताउनुभयो । उहाँले बन्दकोे चाडै निकास निकालेर उद्योग सञ्चालनको सहज वातावरण बनाइदिन सरकार र सरोकारवाला पक्षलाई आग्रह गर्नुभयो ।

बन्दले दिनानुदिन उद्योगधन्दा कलकारखाना धरासायी हँुदै गएको छ । उद्योग, कलकारखाना, विद्यालय, कलेज, यातयाात, होटल र अस्पतालमा पनि बिरामीको चाप कम छ । मोरङ व्यापार सङ्घका अनुसार पर्यटन, शिक्षा, स्वास्थ्य, पसल, यातायातलगायतका सबै क्षेत्र यतिखेर समस्याग्रस्त बन्दै गएको छ ।

मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा ५०० उद्योग धन्दामा एक लाख मजदुरले प्रत्यक्ष रोजगारी पाएका छन् ।

बन्दका कारण बिराटनगर आज पनि सुनसान

by बी एन एन
बिराटनगर भदौ ८ ,

मदेशी दल हरुको अनिस्चित्कालिन बन्दका कारण आज पनि बिहानै देखी बन्द कायमै छ , बिराटनगरका शैक्षिक सस्था , यातायत , बजार बन्द रहेका छन । बिराटनगरको रोडशेष चोक , महाबिर चोक लगायतका ठाउँमा बन्दकर्ता सडक मा रहेका छन । हिजो बेलुकी बिराटनगरको गुद्री बजारमा झडप भएको थियो ।

विराटनगर उप-महानगरपालिका कार्यालयको घर नक्सा शाखा कर्मचारी बिहिन ।

By: बी एन एन|बिराटनगर |भदौ ७,२०७२|
हिजो हाम्रा सम्बादाता घरको नक्शा पासका लागि भनेर विराटनगर उप-महानगरपालिका मा पुग्नु भयो । तर ,त्यहा को माहोल भिन्न खाल्को पाउनुभयो । उहाँ  विहान ठिक १० बजे कार्यलय को नक्सा पास शाखामा पुग्नु भयो तर शाखा कर्मचारी विहिन अवस्थामा थियो ।त्यहा बत्ती ,पंखा खोली बिजुली खेर फालिरहेको थियो भने भेटिएका केही कर्मचारी पनि कार्यलय मै मस्त निधाईरहेका थिए । कार्यलयको यस्तो क्रियाकलाप देखेर ,आफ्ना कामका लागि आएका सेवाग्राही पनि रुष्ट देखिन थिए । विहान १० बजे देखि कर्मचारी पर्खेर बस्नुभएको हाम्रा सम्बादाता पनि २:३० बजेसम्म नआए पछि निराश भएर फर्किन बाध्री हुनुभएको थियो । देश को ब्य्स्त कार्यलयहरुमा यस्ता खालका गतिविधि हुँदा धेरै सेवाग्राहीमा अंसर गरेको छ । यस बारेमा सम्बन्धित निकायले छानबिन गरि दोषीलाई कडा कारबाही गर्नु जरुरी छ ।

आज मिति २०७२/०५/०७ गते विराटनगर उप-महानगरपालिका कार्यालयको घर नक्सा शाखा कर्मचारी बिहिन ।(फोटो सहित)

By : बी एन एन
आज मिति २०७२/०५/०७ गते विराटनगर उप-महानगरपालिका कार्यालयको घर नक्सा शाखा कर्मचारी बिहिन ।
बिहानको १० बजे देखि २:३० सम्म फाटमा कोहि कर्मचारी नभएको । १/२ भएको भेटिएको तर कार्यालयमै सुतेको अवस्थामा भेटिएको ।
बत्ती पंखा खुल्लै अवस्थामा। बिजुली खेर फालेको ।
सेवाग्राहीहरु अन्योलमा परेको । घण्टौ सम्म पनि पर्खदा कर्मचारीहरु आफ्नो कुर्सीमा नबसिदिदा निरास भई फर्किनु बाध्य भएको ।

Saturday, August 22, 2015

लिम्बुवानको false ‘मार्केटिङ

by बी एन एन
बिर्तामोड । पूर्वमा पहिचानसहितको संघीयतालाई बलियो ढंगबाट उठाउँदै आएको संघीय लिम्बुवान पार्टी नेपाल शक्ति आर्जन गर्न लागेको छ । पहिचान पक्षधर शक्तिहरु टुक्रिँदा पहिचान विरोधीले खेल्न पाएको भन्दै उनीहरुले ५ वटा पार्टीलाई एकीकृत गर्दै संघीय लिम्बुवान पार्टी नेपाल बनाएका हुन् ।
संघीय लिम्बुवान राज्य परिषद्, संघीय लिम्बुवान राज्य परिषद् मञ्च सम्बद्ध, लिम्बुवान मुक्ति मोर्चा, लिम्बुवान मुक्ति मोर्चा नेपाल र राष्ट्रिय गणतान्त्रिक पार्टीबीच एकीकरण भई लिम्बुवान प्राप्तिको लागि एकजुट भएको नेताहरुको भनाइ छ । ०४६ सालको आन्दोलनपछि सुरु भएको लिम्बुवान आन्दोलनले ०६२÷०६३ को जनआन्दोलनपछि राजनीतिक ट्रयाक लिएको थियो । पहिचानको पक्षमा सशक्त आवाज उठाउँदै आएको संघीय लिम्बुवान पार्टी नेपाल अरुणपूर्व ९ जिल्लालाई लिम्बुवान प्रान्त बनाउने गरी लागेको छ ।
पार्टी एकीकरण हुनुभन्दा अगाडि विभिन्न नाम दिई स्थापना भएका क्षेत्रीय पार्टीले आन्दोलनलाई जसरी सशक्त बनाएका थिए पछिल्लो समय त्यो ‘स्पीरिट’ नभएको स्वीकार्छन् । उनीहरु एकतापछि आन्दोलनमा रचनात्मक ढंगले लागि पर्ने योजना रहेको सुनाउँछन् । पछिल्लो समय लिम्बुवान आन्दोलन अघिल्ला दिनसरह फास्ट ट्रयाकमा अगाडि बढ्न सकेको छैन । नेताहरु भन्छन् – विभिन्न आरोह अवरोहले गर्दा ट्रयाकमा हिँड्न सकिएन अब ट्रयाकमा हिँड्नेछौं ।
लिम्बुवान आन्दोलन सफल कि असफल भन्ने प्रश्न पनि उब्जिएको छ । यस विषयमा लिम्बुवान आन्दोलनका अगुवाहरुको फरक फरक मत छ । संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय सचिव टेकबहादुर खजुम (खेसेहाङ) लिम्बुवानको इतिहास जनतालाई बुझाउन नसक्दा समस्या देखापरेको स्वीकार्छन् । उनले लिम्बुवानको ‘मार्केटिङ’ गलत भएको स्वीकारे । पहिचान विरोधीले लिम्बुवानको मार्केटिङ गलत गरिदिएपछि सबैको बुझाइमा जातीय राजनीति भन्ने छाप बसेको बताउँछन् । उनले १८३१ साउन २२ गते पृथ्वीनारायण शाहले अरुणपूर्व ९ जिल्लालाई लिम्बुवान भनेर अधिकार दिएको सम्झौता आफूहरुसँग भएको बताएका छन् । उनले २०१७ सालमा राजा महेन्द्रले समेत सो सम्झौतालाई नवीकरण गरिदिएको भनाइ छ । ०२१ सालको मुलुकी ऐनमा भने लिम्बुवान अधिकार ढिसमिस गरेपछि लिम्बुवान आन्दोलन समस्यामा परेको केन्द्रीय सचिव खजुमको भनाइ छ । ०६२÷०६३ पछि लिम्बुवान पार्टीले सुरु गरेको आन्दोलनसँग धेरै झुक्ने अवस्था थियो । अहिले क्षेत्रीय आन्दोलन भन्दै शीर्ष दलहरु पन्छिने गरेका छन् – एक नेता भन्छन् ।
अरुणपूर्व ९ जिल्ला लिम्बुवान प्रान्त बनाएरै छाड्छौं, ढिलो छिटो हुनसक्छ, खजुम थप्छन्–लिम्बूले शासन गर्छन् भन्दै सबै डराएका होलान् । तर त्यो भ्रम मात्र हो । अरुण पूर्वमा लिम्बूको जनसंख्या अन्य जातिको भन्दा धेरै नै कम छ ।’ नेता खजुमले पहिचानको आन्दोलनमा तत्कालीन माओवादीले धोका दिएको बताएका छन् । उनले माओवादीले आश्वासन दिएर आन्दोलनलाई कमजोर बनाइदिएको बताए ।
पूर्वमा लिम्बुवान आन्दोलन जसरी चर्किएको छ त्यसरी नै कोच, थरुहट पनि आन्दोलनरत् छन् । झापा, मोरङ, सुनसरी लगायत ६ जिल्लालाई कोच, थरुहटले पनि दाबी गरिरहेका छन् । लिम्बुवान प्रान्त हुने हो भने झापा मोरङ, सुनसरी पनि लिम्बुवान प्रान्तमा पर्छ । चार दलबीच भएको सहमति अनुसार ६ प्रदेश र तीन दलबीच भएको ७ प्रदेशको सहमतिले लिम्बुवानको आन्दोलनलाई सम्बोधन गर्दैन । शीर्ष दलले गरेको सहमतिमा सहमत नजनाएका क्षेत्रीय दलहरु सँगसँगै आन्दोलनमा निस्किएका छन् । लिम्बुवान प्रान्तका लागि लडिरहेको पार्टीलाई कोच, थरुहटले समेत अरुणपूर्वका केही जिल्ला दाबी गर्दा पनि एकजुट हुनु रहस्यमय छ । यी दलहरु आफ्नो अडान नछोड्ने पक्षमा छन् । संघीय लिम्बुवान पार्टी नेपाल अन्य क्षेत्रीय दलहरुलाई चिढ्याउने पक्षमा पनि देखिँदैन । पहिचानको आन्दोलनमा यी दलहरुबीच के सहमति हुन्छ भन्ने बारे उनीहरुलाई नै थाहा छैन । एक नेता भन्छन् – संविधानमा पहिचानसहितको संघीयता लेखिए बाँकी हामी मिलाउँछौं । संघीय लिम्बुवान पार्टी नेपालका सचिव खजुमले अन्य पार्टीलाई उपस्वायत्तताको व्यवस्था गर्ने बताउँछन् । उनले भने – यहाँ थारुको पनि बस्ती छ, कोचको पनि छ । तर, इतिहासको दस्तावेज छैन । वहाँहरु पछि आएर बस्नुभएको हो ।
तत्कालीन माओवादीले लिम्बुवानसँगै थारु, मधेसी, दलित, मगर, शेर्पा सबैलाई पहिचानसहितको संघीयता बनाउने भनेपछि उनीहरुले साथ समेत दिएका थिए । तर, यतिबेला माओवादीले धोका दिएपछि उनीहरुको लडाइँ पनि पहिलो प्राथमिकतामा माओवादीसँगै भएको नेताहरुको कथन छ । माओवादी मात्र होइन, पहिचान विरोधी सबै दलसँग हाम्रो लडाइँ हो – खेजुम भन्छन् । विभिन्न समयमा भएको सम्झौतालाई शीर्ष दलले वेवास्ता गरे । माथिल्लो तहमा हामी दवाब दिँदैनौं, अब सडकबाटै सरकार झुकाउँछौं – सचिवले भने ।
लिम्बुवानको आन्दोलन अराजक छ नि भन्ने सन्दर्भमा उनले भने – शीर्ष दलले गरेको आन्दोलन जस्तो अराजक आन्दोलन गरेका छैनौं । हामी शान्तिपूर्ण आन्दोलनमा छौं । हाम्रा आन्दोलनसँग कोही डराउनु पर्दैन । उनले एक मधेस एक प्रदेश, थरुहट, कोच नमान्ने बताएका छन् । अहिलेको अवस्थामा मान्दैनौं – खजुम भन्छन् । लिम्बुवानलाई कमजोर बनाउन केन्द्रीय राजनीतिक लागेको सबैलाई थाहा छ । तत्कालीन संघीय लिम्बुवान राज्य परिषद्का महासचिव एवम् संघीय लिम्बुवान पार्टी नेपालका सचिव भन्छन् – अब दुई कित्तामा राजनीति चल्छ । एकात्मकवादीको एक भाग, पहिचान पक्षधरको अर्को भाग । उनले भने – लिम्बुवानका लागि जनमत स्वीकार्न सकिँदैन । लिम्बुवान प्राप्त नभए निषेधको राजनीति हुने र समानान्तर गतिविधि गर्ने लिम्बुवानी नेताहरु बताउँछन् ।
यता कोचिला राज्यका लागि आन्दोलनरत् पूर्वी थारुवान कोचिला राज्य संघर्ष समिति झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी र उदयपुरलाई दाउ छोपिरहेको छ । संघर्ष समितिका संयोजक श्रीप्रसाद चौधरीले भूगोलको ऐतिहासिकताका आधारमा कोचिला राज्य हुने बताँछन् ।
उनले अन्य पहिचानवादी दलसँग सहकार्य गरेर आन्दोलनलाई स्थापित गराउने दाबी गरेका छन् । यसरी ६ जिल्ला दाबी गरिरहेको कोचिलाले लिम्बुवानलाई ३ जिल्ला मात्र छोड्ने तस्वीर देखिन्छ । उनी भन्छन् – हामीबीच झगडा भयो भने माछा माछा भ्यागुता हुने पक्का छ ।