Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, August 10, 2015

लिम्बूवानले ६ प्रदेशको खाका जलायो, श्रावण २८ र ३१ गते बन्द आवहान


by बी एने एन

बिराटनगर साउन २६

चार दलले सहमति गरेको ६ प्रदेश सहितको संघीय संरचना प्रति विरोध जनाउदै मोरङका विभिन्न स्थानमा संघीय लिम्बूवान पार्टी नेपालले उक्त खाका जलाएको छ ।

चार दलको सेन्डीकेटले पहिचानविनाको संघीयता घोषणा गरेको जनाउदै सो सम्झौता जलाएको हो । मस्यौदा प्रतिगमनकारी भएको ठहर गर्दै अग्रगामी र पहिचान सहितको संघीयता घोषणा गर्न समेत माग गर्दै सो कार्यक्रम गरिएको हो । १६ बुँदै सहमति प्रति असहमति जनाउदै मोरङका १२ वटा पार्टीहरुले संयुक्त मोर्चा बनाएर विभिन्न आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गरेको संघीय लिम्बूवान पार्टी नेपाल उर्लाबारी नगर अध्यक्ष बरुण लाबुङले जानकारी दिनुभयो ।
अध्यक्ष लाबुङका अनुसार २६ गते जिल्ला सदरमुकामहरुमा विरोध कार्यक्रम, २८ गते पूर्वका ९ जिल्ला बन्द, ३० गते मसाल जुलुस र ३१ गते आम हड्ताल गर्ने कार्यक्रम रहेको र पहिचान सहितका संघीयता प्राप्तिमा सम्बद्ध सबैलाई सहयोगको लागि अपिल समेत गर्नुभयो ।

Urlabaripage

0 comments:

Post a Comment