Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Saturday, August 8, 2015

सीमांकनसहित ६ प्रदेशमा ‘सहमति’, हस्ताक्षर हुन बाकी।

सीमांकनसहित ६ प्रदेशमा ‘सहमति’, हस्ताक्षर हुँदै

ब्रोड नेपाल न्युज (बी एन एन) काठमाडौं, साउन २३  

आजै संविधानसभामा पेश हुने, संवाद समितिको बैठक ८ बजे, संविधानसभा पनि आजै प्रमुख दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा जारी वार्ता निश्कर्ष नजिक पुगेको छ। वार्तामा सहभागी एक नेताले भने, ‘सीमांकनमा ६ प्रदेशमा ‘सहमति’ भइसक्यो आजै हस्ताक्षर हुन्छ।’

प्रमुख चार दलबीच भएको शनिबार दिनभर भएको छलफलबाट ६ प्रदेशको सीमांकनका विषयमा टुंगो लागेको स्रोतले सेतोपाटीलाई बतायो।
प्रधानमन्त्री सुशील कोइरालासहित शीर्ष नेता सम्मिलित वार्तामा अब धेरै ढिला गर्न नहुने भन्दै ती नेताले भने, ‘आज सहमतिमा हस्ताक्षर गरेर संविधानसभामा पेश हुन्छ।’

६ प्रदेशको सीमा टुंगिएको नेताहरुले बताएका छन्। नागरिकता र धर्मका बिषयमा देखिएको विवाद टुंग्याउनका लागि नेताहरूअन्तिम प्रयासमा छन्।
स्रोतका अनुसार, छ प्रदेश मध्ये १ नम्बरमा मेची, कोशी, सगरमाथाको सोलुखुम्बु, खोटाङ, उदपयपुर र ओखलढुंगा रहेका छन्।

यस्तै दुई नम्बर प्रदेशमा पर्सादेखि सप्तरीसम्मको तराई परेका छ। तीन नम्बरमा बाग्मती अञ्चल, नारायणिको मकवानपुर र चितवन तथा जनकपुरको सिन्धुली, दोलखार रामेछाप परेका छन्।
यस्तै चार नम्बरमा गण्डकी, धवलागिरी अञ्चल र नवलपरासीको दाउन्ने खण्ड समावेस गरिएको छ। पाँच नम्बरमा भेरी अञ्चलको बाँके बर्दियाँदेखि दाउन्नेसम्म अनि राप्ती अञ्चल राखिएको छ।
छैठौ प्रदेशको रूपमा महाकाली, कर्णाली सेती र भेरीको पहाडी जिल्ला जाजरकोट, सुर्खेत र दैलेख राखिएको छ।
यसैबीच संवाद समितिको बैठक ८ बजेलाई डाकिएको छ। सोही समयमा संविधानसभाको पनि बैठक परेकोले संविधानसभा बैठक फेरि सर्ने भएको छ।

प्रदेश १

-मेची, कोशी र सप्तरी र सिरहा वाहेक सगरमाथाका सवै जिल्ला

प्रदेश २

- सप्तरी देखि पर्सासम्म

प्रदेश ३

- रामेछाप, दोलखा, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ र चितवन

प्रदेश ४

- गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङको पूर्वी भाग, पर्वत, स्याङजा, नवलपरासी दाउन्ने पूर्व

प्रदेश ५

- नवलपरासीको दाउन्ने पश्चिम, रूपन्देही, पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, प्युठान, दाङ, बाग्लुङको पश्चिम भाग, रोल्पा, रुकुमको पूर्वी भाग, बाँके, बर्दिया

प्रदेश ६

- रूकुमको पश्चिम भाग, सल्यान र बर्दिया पश्चिमको बाँकी

0 comments:

Post a Comment