Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Sunday, August 16, 2015

अन्तत: पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउदै दलहरु

By:बी एन एन | श्रावण ३२|काठमाडौ । मधेसलाई पहाडसँग अभिन्न राख्नुपर्ने माग मधेसबाटै आउन थालेपछि शीर्ष नेतृत्व तहमा पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउनेबारे छलफल सुरु भएको छ।
६ प्रदेशको सीमांकनमा देशभरिबाट विरोध र असन्तुष्टिका स्वरहरू चर्किन थालेपछि सबैको चित्त बुझाउने गरी परिमार्जन गर्न चार दलका नेताहरूलाई दबाब परेको हो ।
सप्तरीदेखि पर्सासम्म सीमांकन गरिएको दोस्रो प्रदेश सामर्थका दृष्टिकोणले कमजोर भएको र त्यसमा पहाड मिलाउनुपर्ने माग मधेस केन्द्रित नेतृत्व र स्थानीय बुद्धिजीवीसमेतबाट आउन थालेपछि शीर्ष नेताहरू पाँच विकास क्षेत्रबारे सकारात्मक देखिन थालेका छन् ।
मधेसलाई पहाड चाहिने भएपछि हिमाल, पहाड र तराई जोडिएको पाँच विकास क्षेत्रलाई प्रदेश बनाउने कि भन्नेमा शीर्ष नेतृत्वबीच छलफल चलेको अन्नपूर्ण पोष्टमा खबर छ ।NS

0 comments:

Post a Comment