Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Friday, August 7, 2015

नयाँ संविधान : साउन मसान्त नाघ्न सक्ने

नयाँ संविधान : साउन मसान्त नाघ्न सक्ने

By: ब्रोड नेपाल न्युज (बी एन एन) |२०७२ साउन २२ शुक्रबार

काठमाडौँ:  सङ्घीयताको सीमाङ्कनसम्बन्धी विषयमा टुङ्गो लगाउन अझै केही दिन लाग्न सक्ने देखिएको छ ।

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समितिमा केहीबेर अघि भएको छलफलपछि नेताहरुले यही साउन मसान्तभित्र नयाँ संविधान जारी गर्ने गृहकार्य भए पनि सहमतिका क्रममा केही दिन यताउता हुन सक्ने बताए।


समितिका सभापति डा बाबुराम भट्टराईले मुलुकको सङ्घीय पुनःसंरचनाको विषय सामान्य र हल्काफुल्का नभएकाले विवेकसङ्गत निर्णय लिन केही समय लाग्न सक्ने पत्रकारलाई बताए ।

उनले भने –“हामीहरु अत्यन्त गम्भीर भई छलफलमा जुटेका छौँ, निचोडका लागि अलग अलग गृहकार्य गरी भोलि (शनिबार) बिहान विशेष समितिको अर्को बैठक बस्ने छ ।”

पाँच प्रदेशमा गृहकार्य

नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले पनि साउन मसान्तभित्रको समयसीमा यताउता हुन सक्ने भए पनि संविधान चाँडै आउने बताए ।


उनले भने , “कसैले संविधान आयो आयो भने, कसैले आएन आएन भने, तर केही दिन यताउति भयो भने संविधान आउँछ ।” बैठकमा सहभागी एक नेताका अनुसार पछिल्लो समयमा दलबीच पाँच प्रदेशका विषयमा पनि गृहकार्य भइरहेको छ ।
Source AP

0 comments:

Post a Comment