Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, August 10, 2015

कृषिमा यान्त्रीकरणको प्रयोग बढ्दै

कृषिमा यान्त्रीकरणको प्रयोग बढ्दै
by बी एन एन
बिराटनगर, साउन २५
मोरङको डंग्राहाकी भिमा अधिकारीलाई हिजोआज पहिलाको जस्तो चटारो छैन । एक बिगाहाको धान रोप्नु पर्दा उहाँलाइृ १० दिन सम्म भ्याई नभ्याईनै हुने गर्दथ्यो । तर पछिल्लो समय किसानहरु नयाँ प्रबिधिमा आकर्षित हुन थालेपछि उहाँ मात्र हैन सबैलाई सजिलो भएको छ । तर त्यसको प्रयोगकाmे बारेमा किसानहरु बेखवर झै छन् । उनीहरु स्वयम पनि कृषिको उत्पादनमा बृद्धीका लागि कृषि यान्त्रीकरणको खोजीमा लाग्न थालेका छन् । मोरङको डंग्राहाकी भिमा अधिकारी मात्र हैन कृषि यान्त्रीकरणको फाईदा लिन धेरै हौसिएका छन् । तर त्यसको बारेमा जानकारी नहुँदा धेरैलाई समस्या परेको उनीहरुले बताएका छन् । बजारमा कस्ता खालका यन्त्र उपकरणहरु आइ भन्ने बारेमा जानकारी नपाएको किसानको भनाई छ । तर पछिल्लो पटक भित्रिएका प्रबिधिले गोरुजोत्नु पर्ने बाध्यता भने तोडेको केही किसानको भनाई छ ।
राम्रो र भरपर्दो फाईदा हुने किसानको भनाई छ । अनी किसानको आकर्षिण पनि यान्त्रीकरणमा पर्दै जान थालेको छ । पछिल्लो समय हेर्ने हो भने हलो जोतेर धान रोप्ने किसान तराईमा कमै पाईन्छ । तर पनि किसानले त्यस बारेमा पुर्ण जानकारी भने पाउन नसकेको बहुमुखी मिलिजुली कृषक समुहका अध्यक्ष ईश्वरी आचार्यको भनाई छ ।
किसानको उन्नयनका लागि काम गर्दै आएका संघ संस्थाले पनि किसानलाई लक्षित गरेर यान्त्रीकरणको बारेमा जानकारी दिन नसकेको बताएका छन् । एमडिएमएसका कार्यक्रम संयोजक मित्र राईले किसानको माग अनुसार अब यान्त्रीकरणमा काम गर्ने बताउनु भयो ।
बिराटनगरमा किसानका लागि यान्त्रीकरणको क्षेत्रमा धेरै सामाग्रीहरु आएको भएपनि गाउँमा त्यसको प्रयोगको बारेमा किसान जानकार छ्रैनन् । त्यसरी ल्याएका सामाग्रीको बारेमा जानकारी दिने काममा सहकारी समेत लागेको दाबी गर्छन । कृषि उपकरणका क्षेत्रमा काम गदैै आएको संस्था तुलसी बहुमुखी सहकारी संस्थाकी ब्यवस्थापक समिता न्यौपानेले किसानलाई लक्षित गरेर यान्त्रीकर(ण प्रयोगको बारेमा जानकारी दिने गरेको बताउनुभयो ।
मोरङकमा मात्र बिगत करिब दुई बर्षमा एक सय भन्दा बढी किसानले सरकारी अनुदान पाएका छन् । जिल्ला कृषि विकास कार्यालयको तथ्यांकलाई आधार मान्दा एक हजार बढी किसानले यन्त्र उपकरणबाट खेतीगर्ने गरेको देखाएको छ ।

0 comments:

Post a Comment