Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Thursday, August 20, 2015

बन्दको विरोध गर्दै र्याली : भिज्दै सहभागी भए विराटनगरवासी

By:बी एन एन|भदौ ३,२०७२

लगातारको बन्दबाट आजित भएका विराटनगरवासीले स्वस्फुर्तरुपमा विराटनगरमा बन्द हडताल विरुद्धको र्याली निकालेका छन् । पुर्व घोषित समयमा पानी परि रहे पनि ठुलो संख्यामा सहभागीहरु रेनकोट र छातासहित र्यालीमा उपस्थित थिए । मोरङ जिल्ला प्रशासन कार्यालय विराटनगरबाट सुरु भएको र्याली जिल्ला प्रहरी कार्यालयको बाटो हुँदै ट्राफिक चौक, महेन्द्र चौक र भृकुटि चौकबाट घुमेर पुन: प्रशासन कार्यालयमै पुगेर समापन भएको थियो । महेन्द्र चौकमा केहि बेर र्यालीले सभा गरि बन्द निशेधित क्षेत्र बनाउन पहल गरेको थियो । र्यालीमा विराटनगरका संघसंस्था, उद्योगि, कर्मचारी लगायतका पेशामा आवद्ध विराटनगरवासीको सहभागीता रहेको थियो । oB

0 comments:

Post a Comment