Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Thursday, August 20, 2015

आज आठौँ राष्ट्रिय सूचना दिवस

आज आठौँ राष्ट्रिय सूचना दिवस
by बी एन एन
आज आठौँ राष्ट्रिय सूचना दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयनमा आएको दिन २०६४ साल भदौ ३ गतेदेखि दिवस मनाउन थालिएको हो । दिवस मनाउन थालिएको ८ वर्ष पुगेपनि नागरिकले अझै पनि आफुसँग सरोकार राख्ने विषयको सूचना पाउन सकिन्छ भन्ने नै थाहा पाएका छैनन् । संविधान अन्तर्गतका निकाय, ऐनद्धारा स्थापित निकाय, सरकारले गठन गरेको निकाय लगायत सरकारले सम्झौता गरेका सार्वजनिक चासोका विषयमा आमनागरिकले सूचना माग्न पाउने छन् । तर सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति सुव्यवस्था वा अन्तराष्ट्रिय सम्बन्धमा खलल पुग्ने खालका सूचना भने गोप्य राख्ने अधिकार सम्बन्धित निकायसँग छ । दिवसको अवसरमा प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, सरकारका प्रवक्ता डाक्टर मिनेन्द्र रिजाल लगायतले शुभकामना दिनुभएको छ ।

0 comments:

Post a Comment