Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Saturday, August 15, 2015

पत्रकार ऋषि धमलामाथि आक्रमण

by:बी एन एन| श्रावण ३१| काठमाडौं
राजधानीको वीर अस्पताल अगाडि पत्रकार ऋषि धमलामाथि बन्दकर्ताले आक्रमण गरेका छन्। नेपाल वाणी नेटवर्कमा बाणी बहस कार्यक्रम चलाएर फर्कदै गरेका पत्रकार धमलामाथि  बन्दकर्ताले वीर अस्पताल अगाडि अाक्रमण गरेका हुन्।  उनको गाडी बा ५ च ४७७८  नम्बरको गाडी  माथि आक्रमण भएको हो।
‘म बाणी बहस चलाएर फर्किँदै थिएँ, बन्दकर्ताले वीर अस्पताल अगाडि रोकेर गाडीमा तोडफोड गरेँ, त्यसपछि मैले संघीय समाजवादी फोरम नेपालका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठलाई जानकारी गराउँदा उल्टै यो बन्द विरोधी हो भन्दै दुर्व्यवहार गर्न खोजे,’ धमलाले सतोपाटीसँग भने।

0 comments:

Post a Comment