Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, August 3, 2015

गिनिज बुकमा नाम लेखाएका अर्पनको बिराटनगरमा कार्यक्रम

गिनिज बुकमा नाम लेखाएका अर्पनको बिराटनगरमा कार्यक्रम
by बी एन एन बिराट नगर न्युज
बिराटनगर साउन १९ , झापा घर भएका युवा अर्पन शर्मा कट्टेलले १ मिनेटमा आफ्नो स्मरण शक्तिको प्रयोगमा सबैभन्दा धेरै चिजको नाम सिक्योनजमा भनेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए । उनै अर्पण अन्तर्राष्ट्रिय युवा दिवसको अवशरमा मोरङ युवा सञ्जालको आयोजनामा हुनगईरहेको कार्यक्रमका लागि बिराटनगर आउदैछन । अगस्ट ११ मा उनेले अमेरिकन कर्नरमा र १२ गते बिराटनगरको मेरिल्याण्ड  कलेजमा अन्तरक्रिया कार्यक्रममा सामेल हुनेछन । उनलेे बिराटनगरका युवाहरूलाई आफ्नो कथा साथै मेमोरी टिप्स पनि दिने आयोजक वसन्त अधिकारीले बताउनुभयो । कार्यक्रम ११ तरिक बेलुकि ४ बजे अमेरिकन कर्नर र १२ तारिक मेरिल्याण्ड अन्तर्राष्ट्रिय कलेज भृकुटी चोकमा ११ बजेबाट शुरु हुनेछ । यश कार्यक्रमको मिडिया पार्टनरको रुपमा आवर बिराटनगर डट नेट रहेको छ ।

0 comments:

Post a Comment