Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Thursday, August 13, 2015

आन्दोलनकारी र प्रहरीबिच झडप दर्जनौँ घाइते,जुम्ला बन्दको पाँचौ दिन

by :बी एन एन |श्रावण २८
विशेष अधिकार सहितको कर्णाली राज्यको माग गर्दै आन्दालनमा उत्रिएका कर्णालीवासीहरुलाई जिल्ला प्रशासन अगाडिको चन्दननाथ मन्दिरको छतमा बसेका प्रहरीले ढुंगा प्रहार गरेपछि आन्दोलनले उग्र रुप लिएको हो । आन्दोलन तुहाउन प्रहरीले  ढुंगामुडा गरेको आन्दोलनकारीहरुले आरोप लगाएका छन् ।
प्रशासन कार्यालय अगाडि प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा दर्जन बढी घाइते भएका छन् ।
निजामति कर्मचारी सरकारी पोसाक सहित ‘डोटि हामी जाँदैनौ, बरु जागिर खाँदैनौ,’ भन्दै नारा जुलुस गरेर प्रशासन कार्यालय अगाडि पुग्दा प्रहरीले ढुंगा प्रहार गरेको थियो ।
गाउँ गाउँबाट महिला, युवा, शिक्षक, विद्यार्थी, राजनीतिज्ञ, कर्मचारी र स्थानीय गरि करिव ५ हजार बढी मानिस आन्दोलनका लागि खलंगा पुगेका छन् ।
तस्वीर kantipur

0 comments:

Post a Comment