Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Saturday, August 8, 2015

उपेन्द्र यादव भन्छन्, ‘संविधान बन्दैन, बनेपनि मान्दैनौ’

उपेन्द्र यादव भन्छन्, ‘संविधान बन्दैन, बनेपनि मान्दैनौ’
By: ब्रोड नेपाल न्युज (बी एन एन)
सत्ताको लोभका कारण मुख्य राजनीतिक दलले संविधान नबनाउने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दाबी गरेका छन् ।
‘पुन:निर्माण प्राधिकरण र मन्त्रालयको भागबण्डा नमिलेसम्म बालुवाटारमा जति बसेपनि चार नेताले संविधानका लागि सहमति गर्दैनन्’, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले शनिबार बेसीसहरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘उनीहरु आफैँ एकरातमा सहमति गर्छन्, अर्को राति सहमति उल्ट्याउँछन् ।’
१६ बुँदे सहमतिमा कांग्रेस एमाले आफैं टिक्न नसकेको आरोप उनले लगाए । ‘संविधान निर्माण गर्ने ठाउँ संविधान सभा हो’, उनले भने, ‘बालुवाटारमा निर्माण गर्ने संविधान हामी मान्दैनौ ।’
प्रधानमन्त्री शुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीतर्फ इंगित गर्दै उनले भने, ‘एउटा बिरामी छोड्न मान्दैनन्, अर्को बिरामी पालो कुर्दैछन् । कुर्चीको खेल हो, जनताको संविधान निर्माण गर्ने उनीहरुको सोच छैन ।’
उनले संविधान निर्माणको लागि ‘फाष्ट ट्र्याक’ को नाममा नियमावली उल्लंघन गर्न नपाइने बताए । संघीयता र धर्मका नाममा विभिन्न ठाउँमा गरिएको आन्दोलन सत्तापक्षको उक्साहवटमा भएको उनको आरोप छ ।
उनले अहिलेको मस्यौदा खारेज गर्नुपर्ने बताए । ‘जनताको पक्षमा संविधान निर्माणका लागि र अहिलेको मस्यौदा खारेज गर्नुपर्ने हाम्रो माग हो’ उनले भने, ‘बैद्य नेतृत्वको नेकपा माओवादीसहितका १२ दलसँग यसविषयमा कार्यगत एकता भइसक्यो ।’
नले अहिलेको मस्यौदालाई खारेज गरी पुनर्लेखन गरिनुपर्ने बताए । ‘अहिलेकै मस्यौदालाई समेटेर संविधान बनाए जलाइन्छ । यसलाई कुनैपनि हालतमा कार्यान्वयन हुन दिँदैनौ’, उनले भने ।Source KMg

0 comments:

Post a Comment