by:बी एन एन |
२०७२ साउन ३१ आईतवार
तीन वटा गाडीमा तोडफोड
काठमाडौं: मोहन वैद्य नेतृत्वको नेकपा माओवादी र ३० दली मोर्चाले आह्वान गरेको नेपाल बन्दले जनजीवन कष्टकर बनेको छ। मुख्य चार दलले गरेको ६ प्रदेशको सीमांकन आफूहरुलाई अमान्य भएको भन्दै नेपाल बन्दको आह्वान गरेको छ।
बन्दले काठमाडौं लगायत देशैभरको जनजीवन कष्टकर बनेको छ।बन्दका कारण सार्वजनिक यातायात चलेका छैनन् भने छिटुट रुपमा मोटरसाइकल र नीजी सवारीहरु चलेका छन्।
बन्द गराउँदै हिडेका कार्यकर्ताले काठमाडौंको बबरमहलमा बा२ ख ९६६१ नम्बरको बस र चितवनमा दुई वटा गाडीमा तोडफोड गरेका छन्।
Source : अ पो
0 comments:
Post a Comment