Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, August 3, 2015

सप्तकोशीको पक्की पुलमा गाडी गुड्यो (फोटो फिचर)

सप्तकोशीको पक्की पुलमा गाडी गुड्यो (फोटो फिचर)
by :बी एन एन|
२०७२ साउन १८ सोमबार

फोटो :सप्तकोशीमा पक्की पुल उद्घाटनका क्रममा बोल्दै प्रम कोइराला । तस्बिर : रत्नप्रसाद आचार्य

चतरामा पक्की पुलको प्रधानमन्त्रीबाट उद्घाटन
धरान : प्रधानमन्त्री सुशील कोइरालाले सुनसरी र उदयपुरलाई जोड्ने सप्तकोसी नदीमा निर्मित पक्की पुलको सोमबार उद्घाटन गरेका छन् ।

भारतीय सिमानजिक भीमनगरमा रहेको पुलको विकल्पमा निर्मित यो पुलमा उद्घाटनसँगै यातायातका साधन गुड्न थालेका छन् र

धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौँडा सडक खण्डअन्तर्गत उदयपुरको मैनामैनी गाविस र सुनसरीको बराहक्षेत्र गाविसको बीचमा उक्त पुल निर्माण गरिएको हो ।

एसियाली विकास बैंक (एडिबी) को अनुदान तथा नेपाल सरकारको संयुक्त लगानी भएको उक्त पुल ७६ करोड ११ लाख १३ हजार ५०१ मा तयार भएको हो । 

बाढीजन्य क्षति पुनःनिर्माण आयोजनाअन्तर्गत निर्मित उक्त पुलमा एडिबीको ६० र नेपाल सरकारको ४० प्रतिशत लगानी भएको छ ।

दुई सय ६१.३ मिटर लामो र १०.५ मिटर चौडा उक्त पुल पाँच वर्षअघि निर्माण थाली निर्धारित समयमै पूरा भएको हो ।
Source AP

0 comments:

Post a Comment