Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, August 10, 2015

प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु

प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु
by बि एन एन
सुर्खेत, २५ साउन । अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । अखण्ड मध्यपश्चिमको माग गर्दै आह्वान गरिएको बन्द हिंसात्मक भएपछि सुर्खेत तनावग्रस्त बनेको हो । आन्दोलनकारीहरुले राजनीतिक दल, नेता र सरकारी कार्यालयमा तोडफोड तथा अगजनी गर्न थालेपछि तनाव सुरु भएको थियो । स्थानीय प्रशासनले दिउँसो १ बजेबाट कर्फ्यू लगाएपनि झडपका घटना रोकिएको छैन । हातमा लाठी लिएका तोडफोडमा उत्रिएका प्रदर्शनकारीहरुले कांग्रेस र एमाओवादीको पार्टी कार्यालयका साथै कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काको गोठमा आगजनी गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय र एमाले कार्यालयमा पनि तोडफोड गरेका छन् । शान्तिपूर्ण आन्दोलन एकाएक अनियन्त्रित र हिंसात्मक भएपछि घुसपेठ भएको स्थानीय प्रशासन र दलहरुको निष्कर्ष छ । प्रदर्शन हिंसात्मक भएपछि धमला चोकमा प्रहरीले चलाएको गोली लागेर वीरेन्द्रनगर नगरपालिका ४ भैरवस्थानका टिकाराम गौतमको मृत्यु भएको नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीले जानकारी दिनु भएको छ । अन्य दुई मृतकको सनाखत हुन सकेको छैन । मृतकहरुको शव जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीको गोली लागेर पत्रकार आईसीं रोकाय लगायतका घाइते भएका छन् । समाचार संकलन गर्न गएका रोकायको खुट्टामा गोली लागेको छ । रोकाय लगायतका घाइतेहरुलाई नेपालगञ्जमा रिफर गरिएको महासंघ अध्यक्ष भारतीले जानकारी दिनु भएको छ ।

0 comments:

Post a Comment