Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Friday, August 14, 2015

पाँचौं दिन पनि बर्दिया बन्द, जनजीवन कष्टकर बन्दै

by:बी एन एन| श्रावण ३०|थरुहट/थारुवान संयुक्त संर्घष मूल समिति बर्दियाले आह्वान गरेको अनिश्चिकालिन बन्दको पाँचौ दिन जनजिवन थप कष्टकर बन्दै गएको छ । बन्दले लामो तथा छोटो दुरीका यातायातका साधन ठप्प भएपछि जनजीवन कष्टकर बन्दै गएको छ ।
बन्दकर्ताले चौथो दिनसम्म मोटरसाइकल सञ्चालनमा रोक नलगाए पनि शनिवार देखि रोक लगाएका छन् । बन्दकर्ताले विहान १० बजेसम्म गुलरियामा एक दर्जन बढी मोटरसाइकल नियन्त्रणमा लिएका छन् ।
६ प्रदेशको सिमांकनको बिरोधमा उत्रेका थरुहट संघर्ष समितिले आह्वान गरेको अनिश्चिकालीन बन्दले शिक्षण संस्था, उद्योग कलकारखाना बन्द भएका छन् । पूर्व पश्चिम राजमार्ग, हुलाकी सडकलगायत ग्रामीण क्षेत्रमा यातायातका साधन नचलेपनि बजार भने आंशिक रुपमा खुलेको प्रहरीले जनाएको छ ।

अनिश्तिकालीन बन्दको पाँचौ दिन गलुरिया नेपालगञ्ज सडक अवरुद्ध गर्दै थरुहटका कार्यकर्ता । source: ekantipur

0 comments:

Post a Comment