Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, August 17, 2015

फुड प्वाइजनले २३ कलाकार बिरामी

By:बी एन एन|ब्रोड नेपाल न्युज

पोखरा: गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान)को चौथो राष्ट्रिय अधिवेशनमा खाएको खानाका कारण बिरामी परेपछि २३ कलाकार अस्पताल भर्ना भएका छन्।

नगर विकास प्रशिक्षण केन्द्र पोखरा नदीपुरको क्यान्टिनमा खाना खाएका ती कलाकारमा पेट दुःख्ने, पखाला लाग्ने र उच्च ज्वरो आउने लक्षण देखिएको छ। शनिबार भात, दाल, दही, चिकेन करी, अचार खाएको केही समयपछि कार्यक्रमका सहभागी बिरामी परेको जिफानका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिएका हुन्।

'खाना खाएर फर्केपछि साथीहरू धमाधम बिरामी पर्न थाल्नुभयो', उनले भने, 'अस्पताल भर्ना भएका कलाकारलाई फुड प्वाइजन भएको डाक्टरले बताएका छन्।'
गुरुङका अनुसार ५२ बिरामीमध्ये २१ जनाको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ।

गण्डकी मेडिकल कलेजमा नौ, पार्कल्यान्ड अस्पताल अमरसिंहमा नौ, फिस्टेलमा तीनजनाको उपचार भइरहेको छ।बन्दले गर्दा टाढा पुगेका कतिपय बिरामी गाउँघरतिरकै औषधि पसलमा उपचार गरेर बसेको उनले बताए।

केन्द्रका क्यान्टिन सञ्चालक नारायण श्रेष्ठले भने सहभागी कसरी बिरामी परे भन्नेबारेमा आफूलाई थाहा नभएको बताए।'त्यही खानेकुरा एक सय ५० जनाले खाएका थिए। धेरैलाई केही भएको छैन। केही बिरामी परेछन्, कुन खानामा के खराबी थियो, केही थाहा भएन', उनले भने।Source AP

0 comments:

Post a Comment