Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Saturday, August 15, 2015

बिधालय लाई बन्ध मुक्त गर्न आग्रह ।

by ब्रोड नेपाल न्युज (बी एन एन)
काठमाण्डु, ३० साउन-सङ्घीयताको खाकामा असहमत पक्षले विभिन्न स्थानमा जारी बन्द हडतालका क्रममा विद्यालय बन्दका कार्य नगर्न शिक्षा र बालबालिकाका क्षेत्रमा कार्यरत सञ्जालले  संयुक्त आह्वान गरेका छन् ।
विनासकारी भूकम्पले सिर्जना गरेको त्रासद बालमनोविज्ञानबाट भर्खरै मुक्त हँुदैगरेको अवस्थामा बन्द, हडताल र तोडफोड जस्ता हिंसा र जोरजबर्जस्तीका घटनाले पु¥याउने शैक्षिक र मनोवैज्ञानिक क्षतिप्रति ती सञ्जालले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
शान्तिपूर्ण तथा बालमैत्री वातावरणमा शिक्षा आर्जन गर्न पाउनु सबै बालबालिकाका अधारभूत अधिकार भएको र संयुक्त राष्ट्रसङ्घीय बालअधिकार महासन्धि, १९८९, नेपालको अन्तरिम संविधान, २०६३ र विद्यालय शान्तिक्षेत्र राष्ट्रिय कार्यढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ विपरीत हुने कुनै कार्य नगर्न ती संस्थाको आग्रह छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष राजकुमार गन्धर्व र बालबालिका शान्तिक्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कृष्ण सुवेदीले संयुक्त विज्ञप्ति जारी गरी सो आग्रह गरेका हुन् ।

0 comments:

Post a Comment