Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Sunday, August 9, 2015

कुन प्रदेश कस्तो ?कुन प्रदेश मा के के बिशेष छ।

कुन प्रदेश कस्तो ?कुन प्रदेश मा के के बिशेष छ।

By : ब्रोड नेपाल न्युज (बी एन एन)काठमाडौ, श्रावण २४ -
लामो कसरतपछि प्रमुख राजनीतिक शक्तिहरूको सहमतिमा प्रस्तावित ६ प्रदेशका आ–आफ्नै विशेषता छन्। जनसंख्या, क्षेत्रफल, साक्षरता, मानव विकास सूचकांक, उद्योग, जलविद्युत् र प्रमुख पर्यटकीय गन्तव्यका आधारमा प्रदेशहरूको पहिचान र सामथ्र्य यस्ता छन्।

.................................................................................

लामो कसरतपछि प्रमुख राजनीतिक शक्तिहरूको सहमतिबाट प्रस्तावित ६ प्रदेशका आ–आफ्नै विशेषता रहेका छन्।

प्रस्तावित छैटांै प्रदेश क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो देखिएको छ, जसले मुलुकको ३२ प्रतिशत भूभाग ओगटेको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार यो प्रदेशको साक्षरता दर औसतमा ४२.४९ प्रतिशत छ। राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को प्रतिवेदनअनुसार मानव विकास सूचकांक ०.४१ प्रतिशत विन्दु छ। मुलुकभरका ४ हजार उद्योगमध्ये २ सय ७४ उद्योग यो क्षेत्रमा छन्।

मुलुकको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किमिमध्ये छैटौं प्रदेशले ४८ हजार ५ सय १२ वर्ग किमि ओगटेको छ। अन्य प्रदेशको तुलनामा यो झन्डै दोब्बर हो। यो प्रदेश सुदूरपश्चिम र आसपासका १८ जिल्ला जोडेर बनाइएको छ। १८ मध्ये ५ जिल्लामा उद्योग नै नभएको तथ्यांक छ।

तराईका ८ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्ला जोडिएको दोस्रो प्रदेश उद्योगले सम्पन्न देखिन्छ। यसमा ८ सय १२ उद्योग छन्। दोस्रो धेरै जनसंख्या र सबैभन्दा कम क्षेत्रफलको यो प्रदेशमा ९ हजार ६ सय ६१ वर्ग किमि क्षेत्रफल र ५४ लाख ४ हजार १ सय जनसंख्या छ। यो प्रदेशको औसत साक्षरता दर ४१ प्रतिशत छ। निर्माणाधीन र निर्माण भइसकेका जलविद्युत् आयोजना नभएको यो प्रदेशको विकास सूचकांक ०.४२ विन्दु छ।

उपत्यकाका तीन जिल्लासहितको तेस्रो प्रदेशको मानव विकास सूचकांक ०.५१ विन्दुमा छ। यसमा ९ सय ७९ वटा उद्योग छन्। निर्माणाधीन र निर्माण भइसकेका गरेर ३८ वटा जलविद्युत् छन्। यसको औसत साक्षरता दर ५६ प्रतिशत हो। क्षेत्रफल २० हजार ६ सय १२ वर्ग किमि छ। यो प्रदेशमा काठमाडौं, ललितपुर, भक्तपुरसहित १३ जिल्ला छन्।

बाँकी पहिलो, चौथो र पाँचौं प्रदेश कतिपय सूचकमा समान छन्। पहिलो प्रदेशको क्षेत्रफल २५ हजार ९ सय ५ वर्ग किमि हो। जनसंख्या ४५ लाख ३४ हजार ९ सय छ। साक्षरता प्रतिशत औसतमा ५२.२२ हुन आउँछ। मानव विकास सूचकांकमा ०.५० मा पर्छ। यो प्रदेशमा ७ सय २७ उद्योग र १४ जलविद्युत् आयोजना छन्।

त्यस्तै चौथो प्रदेश २० हजार ६ सय १२ वर्ग किमि क्षेत्रफलमा फैलिएको छ। यो सबैभन्दा कम जनसंख्या भएको प्रदेश हो, जसमा यसमा २२ लाख ७९ हजार ६ सय १ व्यक्ति छन्। साक्षरता प्रतिशत औसतमा ५९.३३ र मानव विकास सूचकांक ०.५१ विन्दु छ। ३ सय ८७ वटा उद्योग र २९ जलविद्युत् आयोजना चौथो प्रदेशमा छन्। पाँचौं प्रदेशमा ४९ लाख १६ हजार ९ सय मानिस बसोबास गर्छन्। यो जलविद्युत् नभएको प्रदेश पनि हो। साक्षरता दरमा पाँचौं प्रदेश ५२.७० प्रतिशतमा छ। मानव विकास सूचकांकमा ०.४६ विन्दु हो भने यसमा उद्योग ८ सय ८४ वटा छन्।

‘अब लगानीकर्तालाई आकर्षण गर्न कार्यक्रम ल्याई प्रदेश प्रदेशबीच स्वस्थ प्रतिस्पर्धा गराएर विकासमा सन्तुलन ल्याउनुपर्छ,’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले कान्तिपुरसँग भने, ‘छुट तथा सेवा सुविधाका योजना सार्वजनिक गरी विकासमा सन्तुलन र लगानी आकर्षण गर्न सक्नुपर्छ।’
Source : इ कान्तिपुर

0 comments:

Post a Comment