Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Thursday, August 13, 2015

अलपत्र यात्रुलाई प्रहरीको स्कर्टिङ

by :बी एन एन|श्रावण २८|काठमाडौंबाट आएका सवारीसाधनहरुलाई आन्दोलनकारीले अवरोध गर्न सक्ने भन्दै प्रहरीले बिहीबार बिहान स्कर्टिङ गरी कोहलपुर ल्याइएको छ । प्रमुख चार दलका शीर्ष नेताले ल्याएको ६ प्रदेशको सीमांकनको विरोधमा जारी थरुहट बन्दका क्रममा सयौं यात्रु पूर्वपश्चिम राजर्मको भालुभाङमा अलपत्र परेपछि दर्जनभन्दा बढी सवारीसाधन स्कर्टिङ गरेर ल्याएको प्रहरीले जनाएको छ ।
बन्दका कारण बाटोमा निकै समस्या झेल्नुपरेको भुत्तभोगी विष्णु शर्माले बताए । यता थरुहट बन्दका क्रममा बाँकेको जनजीवन प्रभावित भएको छ । सवारीसाधन चलेका छैनन् । थरुहट कार्यकर्ताहरु कोहलपुर, नेपालगन्जलगायतका क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।
थरुहट बन्दका क्रममा अलपत्र परेका सवारीसाधनलाई स्कर्टिङ गर्दै प्रहरी ।
तस्विर : ईकान्तिपुर

0 comments:

Post a Comment