Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, August 3, 2015

धूमपान गर्नेबाट ६० हजार जरिवाना

धूमपान गर्नेबाट ६० हजार जरिवाना
By :बी एन एन|श्रावण १८| काठमाडौं |पछिल्लो ६ महिनामा सार्वजनिक ठाउँमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्नेबाट ६० हजार राजस्व संकलन भएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन ०६८ अनुसार सार्वजनिक स्थानमा धूमपान तथा सुर्ती सेवन गर्दा तिराएको जरिवानाबापत उक्त रकम संकलन भएको हो । यो रकम सुदूरपश्चिमका ९ जिल्लामध्ये सबैभन्दा बढी भएको जिल्ला प्रहरीले जनाएको छ ।
स्वास्थ्य कार्यालयको समन्वयमा गत पुसमा सहायक प्रजिअको संयोजकत्वमा धूमपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन समिति गठन भएको थियो । जिल्लादेखि गाउँसम्मका प्रहरी इकाइमार्फत उक्त रकम उठेको हो । गत माघदेखि कारबाहीमा परेका ६ सयभन्दा बढी व्यक्तिबाट ६० हजार संकलन भएको जिल्ला प्रहरीका लेखा प्रमुख डिकरदेव पन्तले बताए ।
राजमार्ग क्षेत्रका प्रहरी चौकीबाट बढी जरिवाना संकलन भएको छ । प्रहरी चौकी खोड्पे, सतबाज, इलाका प्रहरी कार्यालय पाटनलगायत इकाइबाट बढी राजस्व उठेको छ । यो क्षेत्रमा धेरैजसो यात्रु कारबाहीमा परेका छन् । होटल, पसल, यात्रु प्रतीक्षालयजस्ता सार्वजनिक ठाउँमा धूमपान गर्दा बढीजसो कारबाहीमा परेका हुन् ।
स्वास्थ्यले यसअघि जिल्ला अस्पताल हाताभित्र ६० जनालाई जरिवाना गरेको थियो । कर्मचारी र बिरामीहरू नै कारबाहीमा परेपछि अहिले अस्पताल हातामा धूमपान गर्ने भेटिँदैनन् । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन ०६८ अनुसार सार्वजनिक स्थानमा वा अरूलाई असर पर्ने गरेर धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गरेमा सयदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।KMG

0 comments:

Post a Comment