Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, August 10, 2015

सुर्खेतमा कफ्र्यू जारी

सुर्खेतमा कफ्र्यू जारी
by बी एन एन
मध्यपश्चिम फुटाउन नहुने माग राख्दै शुरु भएको आन्दोलनमा उत्रिएका एक प्रदर्शनकारीको मृत्यु भएको छ । पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काको घरमा तोडफोड गरेपछि उत्पन्न अवस्था नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर आन्दोलनकारीको मृत्यु भएको हो । मृतकको पहिचान भने खुल्न सकेको छैन । मृतक अनुमानित ४५ बर्षका छन् । कफ्र्यू जारी भएपछि प्रहरीमाथि अाक्रमण भएकाले गाेली चलाउँदा अान्दाेलनकारीकाे मृत्यु भएकाे एसपी राजेशकुमारलाल कर्णले बताए । मृतकको शव जिल्ला जिल्ला प्रहरी कार्यालयको गेटमा राखेर प्रदर्शन गरिरहेका छन् । प्रहरीसँगको झडपमा २५ भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । अवस्था नियन्त्रयन्त्रण बाहिर गएपछि अहिले प्रशासनले साढे १ बजेबाट राति ९ बजेसम्म कफ्र्यू जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी बलदेवप्रसाद गौतमले मृत्युको जानकारी नआएको बताए । उनले भने, “अवस्था तनावपूर्ण भएपछि कफ्र्यू जारी गरिएको छ, तर मृतकबारे जानकारी आएको छैन ।” उनले अवस्था नियन्त्रणमा लिन गोली चलाएको बताए । अान्दाेलनकारीले अहिले जिल्ला विकास समिति र विरेन्द्रनगर नगरपालिकाकाे कार्यालयमा अागाे लगाएका छन् ।
मकालु टि भि

0 comments:

Post a Comment